१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

अ अ+ अ-

विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ । विमानका यात्रुको सुविधा र हितलाई ध्यानमा राखी निर्माण भइरहेको नयाँ भवन प्रविधिमैत्री र अत्याधुनिक रहनेछ ।

सन् १९५८ मा सञ्चालनमा आएको उक्त विमानस्थलको निर्माण कार्य भारतीय सरकार र कोरिया सरकारले सहयोगमा भएको थियो । झण्डै ६८ वर्ष पूरा गरेको उक्त विमानस्थलका टर्मिनललगायतका भौतिक संरचना भूकम्परहित बनाउने उद्देश्यले विसं २०७९ पुसमा रु तीन अर्ब १२ करोड लागतमा निर्माण सुरु गरेको थियो ।

तीनतले सो भवन १८ हजार वर्गमिटरको रहेको विमानस्थल कार्यालयका सूचना अधिकारी सञ्जीव खड्काले जानकारी दिए। कुल १२२ बिघा क्षेत्रफलमा रहेको विमान स्थलको ‘रनवे’ एक हजार ७७५ मिटर लम्बाइको छ । 

उक्त विमानस्थलमा हाल दैनिक २० देखि २५ वटा उडान हुने गरेको उनले बताए। विसं २०८३ पुसभित्रमा सम्पन्न गर्ने लक्ष्यकासाथ निर्माण कम्पनीले पछिल्लो समय द्रुतगतिमा काम गरिरहेको छ ।

हाल पाँच वटा जहाज पार्किङ गर्न सकिने उक्त विमानस्थलको नयाँ टर्मिनलसँगै निर्माणपछि सात वटा जहाजलाई पार्किङ गर्न सक्ने क्षेत्र विस्तार गरिने जनाइएको छ ।

0 Comments