१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गर्ने

अ अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरणलाई थप व्यवस्थित बनाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सूचना प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण प्रयोग गर्ने भएको छ।

आयोग र विभागबीच व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण उपयोग गर्ने सम्बन्धमा कात्तिक १२ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारीअनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आफ्नो प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण सुरक्षित प्राविधिक माध्यमबाट निर्वाचन आयोगलाई उपलब्ध गराउनेछ। आयोगले प्राप्त विवरण मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरणका लागि प्रयोग गर्नेछ।

निर्वाचन आयोगका अनुसार मतदाता नामावली अद्यावधिक गर्ने प्रक्रियालाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले दुई निकायबीच सूचना आदानप्रदानको व्यवस्था मिलाइएको हो।

समझदारीमा विवरणको सुरक्षित आदानप्रदान तथा उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास गर्ने, तथ्याङ्कको सुरक्षा र गोपनीयता कायम राख्ने तथा कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने प्राविधिक समस्या समाधान गर्ने व्यवस्था समेटिएको छ।

यसका लागि दुवै निकायका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूह गठन गरिनेछ। उक्त कार्यसमूहले सूचना आदानप्रदान, प्रणालीको सञ्चालन तथा प्राविधिक विषयमा आवश्यक समन्वय गर्नेछ।

आयोगले व्यक्तिगत घटना दर्तासम्बन्धी विवरणलाई मतदाता नामावली अद्यावधिक प्रक्रियासँग जोड्दा अभिलेखको शुद्धता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।

यसबाट मतदाता नामावलीमा रहेका विवरण प्रमाणीकरण गर्ने कार्यलाई थप विश्वसनीय बनाउनुका साथै निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग विस्तार हुने आयोगको विश्वास छ।

समझदारी पत्रमा निर्वाचन आयोगका तर्फबाट सहसचिव राजेन्द्रकुमार केसी र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका तर्फबाट महानिर्देशक कृष्ण पौडेलले हस्ताक्षर गरेका छन्।

दुई निकायबीच भएको समझदारीले सरकारी सूचना प्रणालीमा उपलब्ध व्यक्तिगत घटना दर्तासम्बन्धी विवरणलाई निर्वाचन व्यवस्थापनमा उपयोग गर्ने आधार तयार गरेको छ। यससँगै मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरणमा अन्तरनिकाय सूचना आदानप्रदानलाई थप व्यवस्थित बनाउने प्रक्रिया अघि बढ्ने भएको छ।

0 Comments