१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले हालै सम्पन्न पार्टीको १५ औँ महाधिवेशनको सन्देश जनतासम्म पुर्‍याउन तथा पार्टी संगठन सुदृढ गर्न मंसिर महिनाभरि ‘काँग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ । 

बिहीवार पार्टी मुख्यालयमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले यस्तो घोषणा गरेका हुन्। उनले महाधिवेशनबाट पारित नीतिगत दस्तावेज र निर्णयहरू समुदाय स्तरसम्म पुर्‍याउन अभियान सञ्चालन गर्न लागिएको बताए ।

उनले विगतको समीक्षा र आलोचनाको चरण पूरा भएकाले अब पार्टीले मुलुकसामु देखा परेका समस्या हल गर्ने जिम्मेवारी निर्वाह गर्न केन्द्रित हुनुपर्ने बताए । उनले काँग्रेस प्रतिपक्षीको भूमिका र स्थानीय तहको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताउँदै उनले ती जिम्मेवारीबारे आम नागरिकलाई जानकारी गराउन समेत नेता कार्यकर्ताहरूलाई निर्देशन दिए। सभापति थापाले आगामी तिहार र छठ पर्वका अवसरमा पार्टीका कमिटीले आयोजना गर्ने शुभकामना आदानप्रदान कार्यक्रमलाई समुदायसँग जोड्न पनि निर्देशन दिए । उनले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई टोलटोलमा तथा वडा वडामा पुगेर समेत लम्बेतान सम्मान कार्यक्रम आयोजना नगर्न निर्देशन दिए ।

उनले भने, ‘हामीले महाधिवेशनबाट पारित गरेका कुराहरूलाई मंसिर महिनाको एक महिनाको समयमा दस्तावेजीकरण गर्ने कुरा त भइहाल्यो । यसलाई समुदायसम्म पुर्‍याउनको लागि ‘काँग्रेस तयार छ’ भनेर अभियान चलाउनुपर्ने छ । हामी नेपालका आजका समस्याहरू समाधान गर्नको लागि तयार छौँ, हामी यो महाधिवेशनबाट सबै कुराको तयारी गरेर आएका छौँ । हामीले विगतको समीक्षा गर्‍यौँ, कतिपय कुराहरूमा आलोचना पनि गर्‍यौँ ।  त्यो सबै चरणहरू अब सकिएको छ । अब हामीले अगाडि बढ्ने हो । आजको जिम्मेवारी उठाउन तयारी छौँ, हामी प्रतिपक्षीको जिम्मेवारी उठाउन तयार छौँ । हामी स्थानीय तहको जिम्मेवारी समेत ठिक ढंगले वहन गर्न तयार छौँ । यो हामीले उठाएको जिम्मेवारी आम नागरिकका बीचमा लिएर जानुपर्छ । त्यसकारण मंसिर महिना भरी हामी तयार छौँ भन्ने विशेष अभियान सञ्चालन गर्छौँ । अभियानका बाँकी रहेका कामहरू पार्टी कार्यालयले पछि तयार गर्छ । अर्को कुरा, अब लगत्तै तिहार, छठ आउँदै छ ।  हामी अहिले विशेष अवस्थामा छौँ । यत्रो ठूलो विपद् गएको छ । हामीले कोषमा भएको पैसा समेत सदुपयोग गर्नुपर्नेछ । यहाँ हामीले सम्मान गर्‍यौँ, जिम्मेवारी लियौँ । अब यहाँबाट गएर  टोलमा सम्मान, वडामा सम्मान लिने काम बन्द गरौँ । अनि पार्टीको कुनैपनि कमिटीले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गर्छ भने त्यो कार्यक्रम समुदायसँग जोडिनुपर्छ ।’

उहाँले चाडपर्वलाई रमाइलोको रूपमा मात्र नभई सामुदायिक तथा सार्वजनिक काममा समर्पण गर्न समेत उनको निर्देशन छ ।

0 Comments