१४ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनलाई २ अर्ब डलरभन्दा बढीको प्याट्रियट मिसाइल विक्री गर्न अमेरिकाको स्वीकृति

अ अ+ अ-

काठमाडौँ । रुसविरुद्धको युद्धमा हवाई प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने प्रयासस्वरूप अमेरिकाले युक्रेनलाई २ अर्ब १० करोड अमेरिकी डलर (करिव २ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ) बराबरको अत्याधुनिक ‘प्याट्रियट’ क्षेप्यास्त्र र सम्बन्धित सैन्य उपकरणहरू विक्री गर्न स्वीकृति दिएको छ ।

 अमेरिकी विदेश मन्त्रालयले शुक्रवार यस सम्झौतालाई औपचारिक रूपमा अनुमोदन गरेको पुष्टि गरेको हो।युक्रेन सरकारले ५०० थान ‘प्याट्रियट एड्भान्स्ड क्यापाबिलिटी–३’ (पीएसी–३) मिसाइल सेग्मेन्ट एन्हान्समेन्ट (एमएसई) क्षेप्यास्त्र खरिदका लागि अमेरिका समक्ष औपचारिक प्रस्ताव राखेको थियो । 

अमेरिकी विदेश मन्त्रालयले सो मागलाई सम्बोधन गर्दै क्षेप्यास्त्रका साथै आवश्यक अन्य पार्टपुर्जा र लजिस्टिक सहयोग उपलब्ध गराउने गरी सम्झौता अघि बढाएको जनाएको छ । अमेरिकी रक्षा क्षेत्रको प्रमुख उत्पादक कम्पनी लकहिड मार्टिनले यी हतियार तथा उपकरणहरूको आपूर्ति गर्नेछ । 

यस हतियार खरिद प्रक्रियामा अमेरिकी करदाताको रकम वा प्रत्यक्ष अमेरिकी सरकारी बजेट संलग्न नरहेको स्पष्ट पारिएको छ । युक्रेनले यो हतियार खरिदका लागि क्यानडा, जर्मनी र नर्वेद्वारा जम्पस्टार्ट’ कार्यक्रममार्फत उपलब्ध गराइएको अनुदान सहयोग तथा युरोपेली संघको ‘युक्रेन सपोर्ट लोन’ अन्तर्गत प्राप्त राष्ट्रिय कोषको प्रयोग गर्ने भएको छ । 

पछिल्लो समय रुसले युक्रेनी ऊर्जा पूर्वाधार र प्रमुख शहरहरूमा हवाई आक्रमण तीव्र बनाएपछि किएभले गम्भीर रूपमा हवाई प्रतिरक्षा क्षेप्यास्त्रको अभाव झेलिरहेको छ । यसै महिनाको सुरुवातमा अमेरिकी सञ्चारमाध्यम सीएनएनले युक्रेनसँग मौजुदा प्याट्रियट क्षेप्यास्त्र लगभग सकिएको संवेदनशील विवरण सार्वजनिक गरेको थियो । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसै साता सञ्चारकर्मीहरूसँग कुरा गर्दै चालु वर्ष आफ्नो देशले प्याट्रियट प्रणालीका लागि मासिक औसत १२ वटा मात्र क्षेप्यास्त्र प्राप्त गरिरहेको गुनासो गरेका थिए । युक्रेनको सरकारी समाचार संस्था ‘उक्रिनफर्म’ काअनुसार हवाई क्षेत्र सुरक्षित राख्नका लागि हाल प्राप्त भइरहेको मिसाइल संख्या अत्यन्त न्यून रहेकाले पछिल्लो अमेरिकी स्वीकृति किएभका लागि रणनीतिक हिसाबले निकै महत्त्वपूर्ण सावित हुने देखिएको छ । 

0 Comments