१४ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार पक्राउको विरोधमा माइतीघरमा मौन धर्ना

सञ्चार गृहमा प्रहरी प्रवेश र पत्रकारमाथिको धरपकडको विरोधमा पत्रकारहरू माइतीघरमा भेला, प्रेस स्वतन्त्रताको संरक्षण र राज्यको जवाफदेहितामा जोड।

अ अ+ अ-

काठमाडौँ । पत्रकार पक्राउ तथा सञ्चार गृहमा प्रहरी प्रवेशको विरोधमा पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघर मण्डलामा मौन धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघको आह्वानमा आयोजित धर्नामा सहभागी पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने माग गरेका छन्।

शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरेको तथा समाचारसँग सम्बन्धित विषयमा पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाको विरोधस्वरूप महासंघले मौन धर्नाको कार्यक्रम तय गरेको थियो।

महासंघका पूर्वपदाधिकारीहरूले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा समाचारकक्षमै प्रहरी प्रवेश गरेर पत्रकार नियन्त्रणमा लिने कार्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै आपत्ति जनाएका थिए। 

उनीहरूले समाचारप्रति असहमति भए कानुनी उपचारको बाटो अपनाउन सकिने उल्लेख गर्दै पत्रकारमाथि दबाब सिर्जना नगर्न सरकारलाई आग्रह गरेका थिए। 

शुक्रबार नेपाल प्रेसका विश्वमणि सुवेदीसहितका पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस्तै, नयाँ पत्रिका र दियोपोस्टका पत्रकारलाई खोज्दै प्रहरी सञ्चार गृहमा पुगेको थियो। घटनाको चौतर्फी विरोधपछि नियन्त्रणमा लिइएका पत्रकार रिहा भएका थिए

0 Comments