१४ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन

अ अ+ अ-

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन् । बडीमालिका माताको दर्शन तथा घुम्न पुगेका दुई जना पर्यटक वर्षासहित भारी हिमपातपछि सम्पर्कविहीन भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर कार्की सम्पर्कविहीन भएका हुन् । यही कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेकामा तीन जना भने बडीमालिका पुगेर फर्किसकेका उनले बताए। 

चार हजार दुई मिटर उचाइमा अवस्थित बडीमालिका भगवती मन्दिरमा दर्शन गरेर फर्कने क्रममा शुक्रबार मनिष बोहरा सम्पर्कविहीन रहेकामा गए रातिदेखि सागर कार्कीसँग पनि सम्पर्क हुन नसकेको सूचना अधिकारी शाहीले जानकारी दिए । “हिजो सागरसँग फोन सम्पर्क गर्दा बडीमालिकाबाट फर्किने क्रममा साथी हरायो, म त्रिवेणी पाटनमा छु भन्दै हुनुहुन्थ्यो”, उनले भने, “उहाँहरू सो क्षेत्रमा भारी हिमपातका कारण अलपत्र पर्नुभएको हुनसक्छ ।” 

सूचना अधिकारी शाहीले त्यहाँ पुगेका मनिष हिमपातपछि हराएका र भारी हिउँ पर्दा तल झर्न नसक्दा सागर पनि अलपत्र परेका हुनसक्ने बताए। दुवै जनाको मोबाइल बन्द भएको सङ्केत आइरहेकाले उद्धार टोली त्यसतर्फ खोजीका लागि पठाउने तयारी भइरहेको उनले बताए । 

जिल्लामा शुक्रबारदेखि भएको वर्षाका कारण बडीमालिकासहित उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा उद्धार गर्न कठिनाइ भएको जनाउँदै सूचना अधिकारी शाहीले मार्तडीबाट प्रहरीको टोली खटाउने तयारी भइरहेको उल्लेख गरे ।  

0 Comments