१५ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौं फिल्म फेस्टिभलले उपत्यकाको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने सुनिता डंगोलको विश्वास

अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘काठमाडौँ फिल्म फेस्टिभल’ले काठमाडौँ उपत्यकाको कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेकी छन् ।

चलचित्र महोत्सवको तेस्रो दिन आइतबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो विश्वास व्यक्त गरेकी हुन् । उनले फिल्म महोत्सवले स्थानीय सिर्जनात्मक क्षेत्रको विकाससँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने बताइन् । 

उनले महोत्सवमार्फत काठमाडौँका मौलिक कथा, कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गरिन् । जीवन्त र समृद्ध सहर निर्माणका लागि कला, संस्कृति, सम्पदाको संरक्षण र सिर्जनात्मक क्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ छ । डंगोलले सिर्जनात्मक क्षेत्रको विकासका लागि महानगरले विभिन्न प्रयास गर्दै आएको उल्लेख गर्दै फिल्म  फेस्टिभल समेत त्यसैको निरन्तरताको रूपमा लिएको बताइन् ।

उनले भनिन्, ‘हामीले काठमाडौँका सबै नागरिक, कला, संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धनको लागि फिल्म फेस्टिभल आयोजना गरेका हौँ । यसलाई सफल बनाउनको लागि हामीले जतिसक्दो मेहेनत गरेका छौँ । यो फिल्म महोत्सव कस्तो भयो भन्ने कुरामा सबै कलाकर्मीज्युहरु र नागरिकले मूल्यांकन गर्नुभएकै छ होला । कुनै पनि सहर समृद्ध र जीवन्त बन्नको लागि त्यहाँको कला, संस्कृति र सम्पदाहरू जीवन्त हुनुपर्नेछ । सिर्जनात्मक क्षेत्रको विकास हुनुपर्नेछ । र त्यो सिर्जनात्मक क्षेत्रको विकास गर्नको लागि हामीले विभिन्न प्रयासहरू गर्दै आइरहेका छौँ । यसैको निरन्तरताको लागि फिल्म फेस्टिभलमार्फत हामीले नौलो सुरुवात गरेका छौँ भन्ने कुरामा हामी विश्वास गर्छौँ । यसले हाम्रो सिर्जनात्मक क्षेत्रको अभिवृद्धि गर्ने विश्वास पनि लिएका छौँ । यसले पर्यटन क्षेत्रको प्रवर्द्धन सँगसँगै हाम्रो सहरका कथाहरू विश्वमाझ पुर्‍याउनको लागि यसले मद्दत गर्नेछ ।’

स्थानीय कलाकार तथा पेसाकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पहुँच विकास गर्न फिल्म फेस्टिभलको आयोजना गरेको उनको भनाइ छ ।

0 Comments