१७ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतविरोधी राष्ट्रवादको युग अन्त्य भयो भन्ने अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

काठमाडौंमा आयोजित एक सेमिनारमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । उनले सरकारको नेतृत्व गरिरहेकाहरूले कुनै दिन चीन गएर चीनसँगको सुमधुर सम्बन्ध राष्ट्रवादको एक आधार हो भन्ने युगको अन्त्य भयो भन्ने हुन् कि भन्ने डर लागिरहेको टिप्पणी गरे । उनले नेपालले चीन र भारत दुवै छिमेकी मुलुकसँग समान र सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्ने बताए। उनले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। उनले पार्टीभित्रको आन्तरिक सुशासनबिना राज्य र समाजमा सुशासन कायम गर्न नसकिने समेत उल्लेख गरे। 

मुलुकमा सुशासन कायम नगरी गरिबी उन्मूलन, नयाँ विकास मोडेलको कार्यान्वयन र समाजवाद निर्माण सम्भव नरहेको उनको दाबी छ । उनले चीन र भारत दुवैसँगको सम्बन्धमा कुनै प्रकारको हेलचेक्र्याइँ, गैरजिम्मेवारी र हीनताबोध प्रदर्शन गर्न नहुने समेत बताए । नेता श्रेष्ठले वर्तमान सरकारले नेपालको स्वतन्त्र र असल परराष्ट्र नीतिलाई निरन्तरता दिनुपर्ने भएपनि त्यस दिशामा अघि बढिरहेको नदेखिएको समेत बताए ।

उनले भने, ‘पार्टीभित्र सुशासन र राज्यको आन्तरिक सुशासन बिना समाजमा सुशासन कायम गर्न सकिन्न । सुशासन बिना गरिबी उन्मुलन गर्न सकिन्न । नयाँ मोडेलको विकास अगाडि बढाउन समेत सकिँदैन । र चिनियाँ विशेषताको आधुनिक समाजवाद निर्माण गर्न सकिन्न । त्यसकारणले गुड गभर्नेन्स विथ इन द पार्टी आवश्यक छ । त्यसो गर्न सके मात्रै हामी गुड गभर्नेन्स इन द स्टेट एन्ड सोसाइटी बनाउन सक्छौँ । यसको लागि नेपालका कम्युनिष्ट पार्टीहरूले चीनको कम्युनिष्ट पार्टीलाई बुझ्न आवश्यक छ । जनता र जनताबीचको सम्बन्धलाई मजबुत बनाउन पनि मद्दत गर्छ । यसले हामीलाई विश्वमा तनाव वा युद्ध नभई शान्ति र साझा विकासको भविष्यतिर लैजानको निम्ति समेत प्रोत्साहित गर्छ । त्यसकारण हामीले चीन र भारत दुवै छिमेकी मित्रहरूसँग असल मैत्रीपूर्ण सम्बन्ध कायम राख्नै पर्छ । यसमा हामीले कुनै पनि प्रकारको हेलचक्राईं, जिम्मेवारीपन हीनता ग्रन्थिको प्रदर्शन गर्नुहुँदैन । कुनै एउटा वा अर्को दुवै छिमेकी मित्रहरूसँग हामीले एकनासको सम्बन्ध स्थापित गर्नुपर्छ । हाम्रो राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितलाई केन्द्रबिन्दुमा राखेर हामीले परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ । हाम्रो सबैभन्दा बढी ध्यान राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षामा केन्द्रित हुनुपर्छ ।  अहिलेको सरकारले हाम्रो स्वतन्त्र र असल परराष्ट्र नीतिलाई निरन्तरता दिनुपर्छ । त्यसमा कुनै विवाद हुनुहुँदैन । तर सरकार त्यस दिशामा अगाडि बढेको देखिँदैन । दुःख लाग्यो, हाम्रो एक जना मन्त्री हुनुहुन्छ, संसदमै डक्ट्रिनलाई सम्मान गर्नुपर्छ भन्नुहुन्थ्यो । दिल्लीमा गएर भारत विरोधी राष्ट्रवादको युग अन्त्य भयो भन्नुभएछ । अहिलेको सरकारदेखि मलाई निकै डर लागेको छ कतै चीनमा गएर चीनसँगको सुमधुर मित्रता हाम्रो राष्ट्रिय राष्ट्रवादको एक आधार हो भन्ने युगको अन्त्य भयो भन्ने पो हुन् कि ।’

उनले नेपालको राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा नै परराष्ट्र नीतिको प्रमुख आधार हुनुपर्नेमा जोड दिए। 

0 Comments