१७ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीलाई ‘प्रचण्ड’को प्रस्ताव : ‘देश असाधारण संकटमा छ, पूर्वाग्रह र संकीर्णताबाट मुक्त भएर एकताबद्ध होऔँ’

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन् । 

मंगलवार काठमाडौँमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो आह्वान गरेका हुन् । 

उनले अहिले मुलुक असाधारण संकटमा रहेको उल्लेख गर्दै सबै खालका आग्रह, पूर्वाग्रह र संकीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताए । 

उनले विगतमा विभिन्न कोणबाट एकता र सहकार्य गर्दा  भोगेका उतारचढावहरूको आत्मसमीक्षा गर्दै मुलुकको स्वाधीनताको रक्षाका निम्ति फेरि एक पटक एकताबद्ध हुन जरुरी रहेको बताए । हिजो माओवादी र एमालेका विभिन्न धारमा रहेका नेता कार्यकर्ताहरूलाई जोड्ने जिम्मेवारी समेत आफूहरूकै काँधमा रहेको उनको भनाइ छ ।

उनले भने, ‘कम्युनिष्ट कताको फेरि एउटा नयाँ कडी जोड्ने उद्घोष आज भएको छ । विगतमा साना-ठूला कम्युनिस्ट घटकहरूलाई एकताबद्ध गर्ने पहल जो गरेका थियौँ, त्यसैको नयाँ कडीको रूपमा आज नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको बीचमा फेरी आज एकता घोषणा भइराखेको छ । यो अन्तिम फेरि होइन । हामीले अरू थुप्रैलाई पनि एकताबद्ध गर्न बाँकी छ । त्यसमा अघि नाम लिइयो, म फेरि पनि भन्न चाहन्छु, नेकपा एमालेदेखि हिजो माओवादी र एमालेका विभिन्न धारामा रहेका सबै समूहहरूलाई पनि एकताबद्ध गर्ने जिम्मेवारी तपाईँ-हामी सबैको काँधमा छ । माधवजीले केपी ओलीको नाम लिँदाखेरि अलिकति के हुने हो भन्नुभयो, मलाई चाहिँ त्यस्तो लागेको छैन । केपी ओलीसमेत मोहन विक्रमजी समेत, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायत सबै बाँकी कम्युनिस्ट समूहहरूलाई पनि अघि उमा भुजेलले भनेजस्तै आजको देशको वस्तुगत आवश्यकता बनेको छ कम्युनिस्टहरूको एकता, देशभक्त र लोकतन्त्रवादीहरूको एकता एउटा ऐतिहासिक आवश्यकता बनेको छ । त्यसकारण, म यो मञ्चबाट ती सबै कमरेडहरू जसलाई हामीले विगतमा विभिन्न रूपमा सहकार्य गर्‍यौँ, एकता गर्‍यौँ, थुप्रै–थुप्रै उतारचढावहरू भोग्यौँ, आज देश असाधारण संकटमा छ । यो बेला हामी सबैले आफ्नो सोचाइलाई, आफ्नो बुझाइलाई, आफ्नो भावनालाई अझ फराकिलो गर्नुपर्ने, सबै खालका आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा राखेर, देशलाई प्राथमिकतामा राखेर एकताबद्ध हुने आजको आवश्यकता हो । हामी सबै त्यसैमा केन्द्रित होऔँ ।’

उनले अहिले देशको अस्तित्व नै संकटको अवस्थामा पुगेको भन्दै यसतर्फ सबैले सोच्नुपर्ने बेला आएको पनि बताएका छन् । 

0 Comments