काठमाडौँ । सरकारले प्रेस काउन्सिल ऐनसहित विभिन्न कानुन संशोधन गर्न दुईवटा अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाएको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको छ।




