काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहका ७९ कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ।
मन्त्रालयले कात्तिक १७ गतेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिवस्तर) र तृतीय श्रेणी (शाखा अधिकृतस्तर) कर्मचारीको सरुवा, कामकाज तथा काज फिर्ता गरेको हो।
पूर्वाधार विकास मन्त्रालयले स्वीकृत गरेको मापदण्ड, सरुवाका लागि संकलित निवेदनबाट गरिएको माग, कार्यसम्पादनको अवस्था, प्राप्त गुनासो लगायतका विषयलाई विश्लेषण गरेर मन्त्रालयले लामो गृहकार्य पश्चात् सरुवा गरेको हो
सूची :




