१९ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले भन्यो : ‘पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद् र सडकबाटै प्रतिवाद गर्छौँ’

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ । 

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले पार्टीविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको संसद्, संसदीय समिति र आम नागरिकबीच भण्डाफोर गर्ने निर्णय गरेको जानकारी दिए । 

उनले राज्य संरक्षित तथा राज्य नियन्त्रित व्यक्तिहरूले नेपाली काँग्रेस र पार्टी नेतृत्वमाथि भ्रम सिर्जना गर्ने प्रयास गरेको आरोप लगाए । त्यस्ता zगतिविधिको पार्टीले खुलेर विरोध र प्रतिरोध गर्ने उनको भनाइ छ । 

रसाइलीले यस विषयलाई प्रतिनिधिसभा र संसदीय समितिमा समेत सशक्त रूपमा उठाइने बताए । काँग्रेसले संसद् बैठक आह्वानको माग गरिसकेको उल्लेख गर्दै उनले संसद् र संसदीय समितिमार्फत घटनाको वास्तविकता बाहिर ल्याउने बताए । उनकाअनुसार पार्टीले निर्वाचनका बेला पार्टीको अद्यावधिक अवस्था र वैधानिकतासँग सम्बन्धित नरहेका व्यक्तिहरूलाई समेत जोडेर पार्टी नेतृत्वविरुद्ध भ्रम फैलाउने काम भएको निष्कर्ष निकालेको छ । 

राज्यले जुनसुकै प्रकारको छानबिन गर्न चाहे पनि काँग्रेस त्यसबाट पछि नहट्ने उनले स्पष्ट पारे । पार्टीमाथि लागेका आरोप र सिर्जना गरिएका भ्रमको यथार्थ आम नागरिकसमक्ष पुर्‍याउने पनि उनले बताए । 

उनले भने, ‘पदाधिकारी तथा संघीय सांसदहरूको बैठकमा मुख्यतः तीनवटा विषयमा छलफल भएको छ । पहिलो, राज्य संरक्षित व्यक्तिहरूमार्फत नेपाली काँग्रेस पार्टी र यसको नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै पार्टीले त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको छ ।

यस विषयलाई प्रतिनिधिसभा, संसदीय समितिहरू तथा आम नागरिकमाझ तथ्यसहित उठाइनेछ । दोस्रो, नेपाली काँग्रेसले संसद् अधिवेशन आह्वानको माग गरिसकेको छ । संसद् र संसदीय समितिहरूमा यस विषयलाई गम्भीरतापूर्वक उठाउने निर्णय भएको छ । पार्टी कुनै पनि प्रकारको छानबिनबाट पछि नहट्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दछ । तेस्रो, भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा छलफल भएको छ। यसका लागि २० गते दिउँसो २ बजे सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिहरूलाई पार्टी कार्यालयमा बोलाइएको छ । चाडपर्वको समयमा प्रभावित नागरिकलाई पार्टीका तर्फबाट आवश्यक सहयोग गर्ने निर्णयसमेत भएको छ ।’

बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा समेत छलफल गरेको छ । चाडपर्वको समयमा प्रभावित क्षेत्रका नागरिकलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिलाई पार्टी कार्यालयमा बोलाइएको रसाइलीले जानकारी दिए। उनका अनुसार सभापति र पार्टी नेतृत्वले प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिसँग छलफल गरी आवश्यक सहयोगका विषयमा निर्णय गर्नेछ ।

0 Comments