२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशको सामाजिक विकास र महिला तथा बालबालिकाका सवालमा मन्त्री सिता बादी र मुख्यमन्त्री शाहीबीच भेटवार्ता

अ अ+ अ-

सुर्खेत। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीबीच शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। भेटमा प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लको समेत उपस्थिति रहेको थियो।

भेटवार्ताका क्रममा मन्त्री बादीले लैङ्गिक हिंसा, बालविवाह, बालमृत्युदर, कुपोषण, पुड्कोपना, अपाङ्गता भएका व्यक्तिका सवाल तथा महिला उद्यमशीलताको प्रवर्द्धनलगायतका विषयलाई प्राथमिकतामा राखेर तीनै तहका सरकारले समन्वय र सहकार्यका साथ काम गर्नुपर्नेमा जोड दिइन् ।

उनले महिला, बालबालिका तथा सीमान्तकृत समुदायका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच साझा जिम्मेवारी र प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै लक्षित समुदायको आवश्यकता सम्बोधन हुने गरी नीति, कार्यक्रम तथा बजेट केन्द्रित गर्नुपर्ने बताइन् । 

भेटमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा विद्यमान बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता समस्या न्यूनीकरणका लागि संघीय सरकारले विशेष कार्यक्रम तथा थप बजेटको व्यवस्था गर्नुपर्ने बताए। उनले किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्दै प्रदेशका सामाजिक तथा स्वास्थ्य सूचक सुधारका लागि संघीय सरकारको विशेष पहल आवश्यक रहेको औँल्याए।

जवाफमा मन्त्री बादीले कर्णाली प्रदेशको समग्र विकास तथा सामाजिक सूचक सुधारका लागि संघीय सरकार प्रदेश सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन्। उनले प्रदेशमा बालसुधार गृह स्थापनाका लागि आवश्यक पहल भइरहेको जानकारीसमेत गराइन् । 

भेटमा प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउँदै संघीय सरकारको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

भेटवार्तामा महिला सशक्तीकरण, बालअधिकार संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण, सामाजिक सुरक्षा तथा समावेशी विकासका क्षेत्रमा तीनै तहका सरकारबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

0 Comments