काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-८ स्थित उक्त सडक हिजोको वर्षाले क्षति पुर्याएका कारण उनले आज सो क्षेत्रको अवलोकन गरे ।
त्यस अवसरमा मुख्यमन्त्री थापाले भक्तपुरको महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको उक्त सडकलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन ध्यान दिइने बताएका छन् ।





