काठमाडौँ । अछामको मंगलसेन नगरपालिका-४ की २० वर्षीया महिलालाई जटिल प्रसूति समस्या देखिएपछि मंगलबार हवाई उद्धार गरिएको छ । नेपाली सेनाका अनुसार उनलाई सेनाको हवाई साधनमार्फत कर्णाली प्रदेश अस्पताल पुर्याइएको हो ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत उनलाई अस्पताल पुर्याइएको सेनाले जनाएको छ ।





