२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो चौमासिकमै ३ खर्ब ७८ अर्ब राजश्व संकलन

अ अ+ अ-

काठमाडौँ ।  सरकारले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो चौमासिकमा ३ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार मंसिर १ गतेसम्म सरकारले ३ खर्ब ७८ अर्ब २३ करोड ३३ लाख रुपैयाँ राजश्व संकलन गरेको हो ।

सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । तर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १९ अर्ब ६८ करोड भन्दा बढी बढाएर राजश्व प्राप्त गर्ने भन्सार विभाग र आन्तरिक राजश्व विभागलाई ‘मिसन १६ खर्ब’ राजश्व संकलन गर्ने लक्ष्यका साथ अगाडि बढ्न निर्देशन दिएका छन् ।  यसअनुसार पहिलो चौमासिकको अवधिसम्म वार्षिक लक्ष्यको २३.९३ प्रतिशत राजश्व संकलन भएको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सरकारले ३ खर्ब ३० अर्ब १६ करोड ८७ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । यस वर्ष अघिल्लो वर्षको तुलनामा ४८ अर्ब ६ करोड ४६ लाख रुपैयाँ बढी राजश्व उठेको छ । यो १४.५६ प्रतिशतको वृद्धि थियो । 

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर राजश्व संकलन पनि बढेको छ । मंसिर १ गतेसम्म सरकारले ३ खर्ब ५५ अर्ब ७५ करोड ७८ लाख रुपैयाँ कर राजश्व संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब १० अर्ब ४२ करोड रुपैयाँ कर राजश्व संकलन भएको थियो । यस वर्ष कर राजश्व संकलन १४.६१ प्रतिशतले बढेको हो ।

त्यस्तै, गैरकर राजश्व संकलन २२ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ७४ करोड ८७ लाख रुपैयाँ गैरकर राजश्व संकलन भएको थियो । यसमा १३.८१ प्रतिशतको वृद्धि देखिएको छ ।

सरकारले प्राप्त गर्ने अनुदानमा समेत उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको मंसिर १ गतेसम्म ८ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ५० करोड ८१ लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो । यसअनुसार अनुदान प्राप्ति १४७.२३ प्रतिशतले बढेको छ ।

तर, अन्य प्राप्ति भने घटेको छ । अघिल्लो आर्थिक वर्षको मंसिर १ सम्म २ अर्ब ९९ करोड २७ लाख रुपैयाँ अन्य प्राप्ति भएकोमा चालु वर्षको सोही अवधिमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ । यो ९.९९ प्रतिशतको गिरावट हो ।

महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार चालु आर्थिक वर्षको मंसिर १ गतेसम्म सरकारको कुल प्राप्ति ३ खर्ब ८९ अर्ब ६० करोड ७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल प्राप्ति ३ खर्ब ३६ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ थियो । यसरी कुल प्राप्तिमा १५.७२ प्रतिशतको वृद्धि भएको छ ।

बजेट लक्ष्यको तुलनामा पनि सरकारको आम्दानीको प्रगति अघिल्लो वर्षभन्दा सुधार भएको छ । चालु आर्थिक वर्षको मंसिर १ सम्म कुल प्राप्तिको बजेट लक्ष्यको २३.७३ प्रतिशत संकलन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रगति २१.९६ प्रतिशत थियो ।

0 Comments