२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

अ अ+ अ-

काठमाडौँ । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा र सदस्यसचिव सन्तोष पाण्डेयले बुधबार पदभार ग्रहण गरेका छन् । 

डोल्माले कोषका पदाधिकारीसँग मिलेर लुम्बिनीको समग्र विकासमा काम गर्ने बताएकी छन् भने पाण्डेयले सुशासन र पारदर्शितालाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका छन् ।

पदभार ग्रहण गर्नुअघि मायादेवी मन्दिरमा पूजा गरेकी डोल्माले लुम्बिनीको विकास र आसपासका बासिन्दाको हितमा आफ्नो क्षमता र स्रोतले भ्याएसम्म काम गर्ने बताइन् । लुम्बिनीलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप व्यवस्थित गर्न कोषका पदाधिकारीबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

डोल्माले कोषको इतिहासमा पहिलो पटक चार जना भिक्षुणी परिषद् सदस्यका रूपमा जोडिएको उल्लेख गर्दै यसबाट महिला सहभागिता बढ्ने विश्वास व्यक्त गरिन् ।

सदस्यसचिव पाण्डेयले पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै लुम्बिनी गुरुयोजनाको कार्यान्वयन अवस्था अध्ययन गर्ने बताए । गुरुयोजनाको करिब ८५ प्रतिशत काम सकिएको भन्ने जानकारी पाएको उल्लेख गर्दै उनले त्यसको विस्तृत विवरण लिने र गुरुयोजनाविपरीत काम भएको पाइए सच्याउने बताए । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको महत्त्वलाई ध्यानमा राखेर गुरुयोजना परिमार्जन र स्तरोन्नतिमा पनि जोड दिने उनको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले असोज ३० गते डोल्मालाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । करिब छ महिनादेखि रिक्त सदस्यसचिव पदमा मन्त्रिपरिषद्ले पाण्डेयलाई नियुक्त गरेको हो । पाण्डेयलाई नियुक्त गर्ने बैठकले डा। अमित केसी, उपेखा गुरुमा, दीपक कौशल र अर्जुन कुर्मीलाई परिषद् सदस्यमा नियुक्त गरेको थियो ।

0 Comments