३ मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैन’ : ओली

अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पक्षमा एमाले नरहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले नेकपा एमाले देशमा अस्तित्वमा रहेको प्रमुख प्रतिपक्षी दल भएको उल्लेख गर्दै सरकारका गलत कामको प्रतिवाद गर्ने बताएका हुन् ।

ओलीले गएको निर्वाचनमा एमालेको पराजयलाई जनताबाट अलगिएको परिणामका रूपमा व्याख्या गर्न नमिल्ने जिकिर गरे । निर्वाचनका लागि सुरुदेखि नै प्रतिकूल वातावरण सिर्जना गरिएको र एमालेलाई एक्ल्याउने प्रयास भएको उनको आरोप छ ।

उनले संसदको असंवैधानिक विघटनलाई मान्यता दिइएको भन्दै न्यायालयको भूमिकामाथि प्रश्न उठाए । संविधान र कानूनअनुसार न्यायिक निर्णय हुन नसकेको भन्दै उनले त्यसबेला न्यायालयले न्याय दिन नसकेको टिप्पणी गरे ।

निर्वाचनको वातावरण नभएको भन्दै एमालेले शुरुदेखि आवाज उठाए पनि पार्टीले निर्वाचन बहिष्कार नगरेको उनले बताए।

निर्वाचनमा सहभागी नभएको भए एमालेमाथि थप गलत व्याख्या र प्रहार हुनसक्ने भएकाले प्रतिकूल अवस्थामा पनि चुनावमा गएको उनको भनाइ थियो । ओलीले विभिन्न शक्ति लागेर एमालेलाई समाप्त पार्न खोजे पनि पार्टी अझै बलियो अवस्थामा रहेको दाबी गरे । उनले टर्कीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कोप सम्मेलनमा नेपालको सहभागितालाई लिएर सरकारको आलोचना गरे । नेपालको सहभागिता कमजोर रहेको भन्दै उनले जलवायु परिवर्तनको मुद्दा पर्यटनसँग मात्र नभई हिमाल, हिमनदी, जल पुनर्भरण प्रणाली र समग्र जनधनको सुरक्षासँग जोडिएको बताए ।

अध्यक्ष ओलीले भने, ‘गएको निर्वाचनमा हाम्रो लज्जास्पद हार भयो । तर यसको कारण जनताबाट टाढिनु मात्र थिएन । निर्वाचनअघि नै भयावह र असामान्य राजनीतिक वातावरण सिर्जना गरिएको थियो । संसद्को असंवैधानिक विघटनलाई किन स्वीकार गरियो रु त्यसविरुद्ध किन आवाज उठाइएन ? संविधान र कानूनअनुसार न्यायिक निर्णय किन भएन ? यी प्रश्नहरूको गम्भीर समीक्षा हुनुपर्छ । हामीले शुरुदेखि नै निर्वाचनका लागि उपयुक्त वातावरण नभएको भन्दै आएका थियौँ । हामीलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास भयो । तर प्रतिकूल परिस्थितिका बाबजुद हामीले निर्वाचनमा भाग लियौँ । नेकपा एमाले आज पनि देशको प्रमुख प्रतिपक्षी शक्तिका रूपमा रहेको छ । हामी सरकारको ओत लागेर होइन, स्वतन्त्र प्रतिपक्षको भूमिकामा रहेर राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र जनताको अधिकारको रक्षा गर्नेछौँ । सरकारका कामकारबाही र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुतिबारे पनि गम्भीर प्रश्न उठेका छन् । विशेष गरी टर्कीमा आयोजित कोप ३१ सम्मेलनमा नेपालको सहभागिता र प्रस्तुतिलाई प्रभावकारी बनाउन नसकिएको देखियो । जलवायु परिवर्तन नेपालको पर्यटनको मात्र विषय होइन । यो विश्वव्यापी वातावरण, हिमाल, हिमनदी र समग्र पारिस्थितिक प्रणालीको संरक्षणसँग जोडिएको विषय हो। हिमालको संरक्षण भनेको पानीको पुनर्भरण प्रणाली, जनधनको सुरक्षा र मरुभूमीकरण रोक्ने सवाल पनि हो । त्यसैले नेपालको जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन आवश्यक छ ।’

हिमालको संरक्षण नेपालको मात्र नभई विश्वव्यापी सरोकारको विषय भएको उल्लेख गर्दै ओलीले जलवायु परिवर्तनका असर रोक्न गम्भीर पहल आवश्यक रहेको बताएका छन् ।

0 Comments