४ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भारतीय पर्यटक दोब्बर भित्र्याउन सकिन्छ, कनेक्टिभिटीका लागि दिल्लीसँग कुरा गरौँ’: विनायक शाह

अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई पर्यटन क्षेत्रले भारतीय पर्यटक आगमन वृद्धि र दुई देशबीचको पर्यटन सहकार्य विस्तारको अवसरका रूपमा हेरेको छ ।

होटेल एसोसिएसन नेपाल (हान) ले आइतबारबाट प्रधानमन्त्रीले गर्ने भारत भ्रमणका क्रममा हवाई तथा स्थल कनेक्टिभिटी विस्तार, धार्मिक पर्यटन प्रवर्द्धन, पर्यटन सर्किट निर्माण र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएको छ । हानका अध्यक्ष विनायक शाहका अनुसार नेपालमा भारतीय पर्यटक भित्र्याउने सम्भावना ठूलो भए पनि त्यसअनुसार उपलब्धि हासिल हुन सकेको छैन । हाल वार्षिक औसत तीन लाख भारतीय पर्यटक नेपाल आउने गरेको उल्लेख गर्दै यसलाई दोब्बर बनाउने लक्ष्यका साथ कनेक्टिभिटिका लागि प्रधानमन्त्री साहको भारत भ्रमणका बेला प्रस्ताव गरिनुपर्ने बताए ।

साहले भारतीय पर्यटकको संख्या बढाउन सबैभन्दा पहिले हवाई कनेक्टिभिटी सहज बनाउनुपर्ने बताए । उनका अनुसार भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि प्राविधिक व्यवस्थासँगै राजनीतिक तहबाट दुईदेशबीच आवश्यक निर्णय हुनुपर्छ ।

भारतका दिल्ली, मुम्बई, बेंगलुरुजस्ता ठूला सहरसँगै लखनउ, कानपुर, बनारस, बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, पञ्जाव, राजस्थान र गुजरातलगायतका क्षेत्रबाट सिधा हवाई सम्पर्क विस्तार गर्नसके भारतीय पर्यटक आगमन उल्लेख्य रूपमा बढाउन सकिने उनको भनाइ छ ।

नेपाली तथा भारतीय वायुसेवा कम्पनीलाई विभिन्न भारतीय सहरबाट नेपालसम्म उडान सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने शाहको सुझाव छ । उनले भारतीय पर्यटक नेपाल आउन इच्छुक रहेको तर हवाई सम्पर्क र व्यवस्थापकीय सहजताको अभावले अपेक्षित आगमन हुन नसकेको बताए ।

पर्यटन प्रवर्द्धनका लागि धार्मिक पर्यटनलाई पनि विशेष प्राथमिकता दिनुपर्ने हानको प्रस्ताव छ । विशेष गरी अयोध्या र जनकपुरबीच प्रस्तावित रेल सेवा सञ्चालनले नेपालमा धार्मिक पर्यटक भित्र्याउन नयाँ अवसर सिर्जना गर्ने शाहको विश्वास छ । अयोध्या आउने भारतीय तीर्थयात्रीलाई जनकपुरस्थित जानकी मन्दिरसम्म ल्याउन सके धार्मिक पर्यटनको नयाँ मार्ग विस्तार हुने उनले बताए।

तर जनकपुर आउने पर्यटकलाई त्यहीँ सीमित नराखी काठमाडौं, पोखरा, चितवनलगायतका प्रमुख पर्यटकीय गन्तव्यसम्म पुर्याउने गरी एकीकृत पर्यटन प्याकेज बनाउनुपर्नेमा उराले जोड दिए । यसका लागि हानको मधेस प्रदेश च्याप्टर, अग्रणी ट्राभल एजेन्सी र पर्यटनसंवद्ध संस्थाहरूसँगको सहकार्यमा आगामी साता बृहत् कार्यक्रम तथा प्याकेज निर्माणको तयारी भइरहेको शाहले जानकारी दिए। हानले धार्मिक पर्यटनसँगै खेल पर्यटन, माइस पर्यटन, बिजनेस ट्रिप र डेस्टिनेसन वेडिङलाई पनि भारतीय पर्यटक आकर्षित गर्ने प्रमुख माध्यमका रूपमा अघि सारेको छ ।

काठमाडौँमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाल र भारतबीच खेल पर्यटनको सम्भावना देखाएको उल्लेख गर्दै शाहले क्रिकेटलगायतका खेल गतिविधिलाई पर्यटनसँग जोडेर संयुक्त रूपमा प्रवर्द्धन गर्न सकिने बताए। त्यसैगरी, सम्पन्न भारतीय परिवारलाई नेपालमा विवाह समारोह आयोजना गर्न आकर्षित गर्ने गरी विशेष प्याकेज र सहज नीतिगत व्यवस्था आवश्यक रहेको उनको भनाइ छ ।

भारतीय कम्पनीहरूलाई नेपालमा व्यावसायिक बैठक, सम्मेलन र अन्य कार्यक्रम आयोजना गर्न प्रोत्साहित गर्नसके माइस पर्यटन र व्यावसायिक भ्रमणसमेत विस्तार हुने उनले बताए ।

शाहले भारतीय सरकारी कर्मचारीले पाउने लिभ ट्राभल अलाउन्स (एलटीए) सुविधाअन्तर्गत नेपाल भ्रमण गर्न पाउने व्यवस्था गर्न पनि नेपाल सरकारले भारतीय पक्षसँग पहल गर्नुपर्ने प्रस्ताव अघि सारे । यसबाट ठूलो संख्यामा भारतीय सरकारी कर्मचारी तथा उनीहरूका परिवारलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सकिने उनको तर्क छ ।

नेपाल र भारतबीच यसअघि विभिन्न संयुक्त पर्यटन प्रवर्द्धन समिति तथा संयन्त्रले हिन्दु सर्किट, रामायण सर्किटलगायतका अवधारणा अघि सारे पनि कार्यान्वयन पक्ष कमजोर रहेको शाहको भनाइ छ । उनले विगतमा भएका सहमति, अध्ययन र सिफारिसलाई कार्यान्वयनमा लैजान प्रधानमन्त्री स्तरबाटै पहल हुनुपर्ने बताए ।

अध्यक्ष शाहले भने,‘भारतबाट ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना छ । तर अहिले वार्षिक औसत तीन लाख भारतीय पर्यटक मात्रै नेपाल आउने गरेका छन्। प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबाट पर्यटन क्षेत्रले ठूलो अपेक्षा गरेको छ । सबैभन्दा महत्वपूर्ण विषय कनेक्टिभिटी हो । हवाई तथा अन्य यातायात सम्पर्क विस्तार गर्न सके भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढाउन सकिन्छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा प्रभावकारी उपयोगका लागि प्राविधिक पक्षसँगै राजनीतिक तहबाट पनि आवश्यक निर्णय हुनुपर्ने देखिन्छ । यसमा रहेका अवरोध हटाउन सके अहिले वार्षिक तीन लाखको हाराहारीमा रहेका भारतीय पर्यटकको सङ्ख्या दोब्बर बनाउन सकिन्छ । सरकारले सन् २०२८ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा त्यस वर्षको अन्त्यसम्म भारतीय पर्यटकको सङ्ख्या तीन लाखबाट बढाएर छ लाख पुर्‍याउने लक्ष्यसहित काम गर्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिले हवाई कनेक्टिभिटी विस्तार गर्न आवश्यक छ । भारतका प्रमुख सहरहरू मुम्बई, दिल्ली, बैंगलोरलगायतका साथै सीमावर्ती सहर लखनउ, कानपुर, वाराणसी, बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, पन्जाब, राजस्थान र गुजरातबाट पनि नेपालमा सिधा हवाई सम्पर्क विस्तार गर्न सकिन्छ । नेपाली तथा भारतीय वायुसेवा कम्पनीलाई यी सहरमा नियमित उडान सञ्चालन गर्ने वातावरण बनाउने हो भने भारतीय पर्यटकलाई नेपाल ल्याउन ठूलो कठिनाइ हुँदैन । भारतीयहरू नेपाल भ्रमण गर्न इच्छुक छन् र हामी उनीहरूलाई स्वागत गर्न तयार छौँ । तर विभिन्न व्यवस्थापकीय तथा अन्य कारणले अपेक्षित रूपमा हवाई सम्पर्क विस्तार हुन सकेको छैन । अहिले भारतबाट धार्मिक तथा तीर्थाटन, किनमेल, क्यासिनो र सांस्कृतिक गतिविधिका लागि पर्यटक नेपाल आउने गरेका छन् । यसबाहेक खेलकुद पर्यटनको सम्भावना पनि निकै ठूलो देखिएको छ । काठमाडौंमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताले नेपाल र भारतबीच खेलकुद पर्यटन विकासको नयाँ सम्भावना उजागर गरेको छ । यसलाई दक्षिण एसियाकै महत्वपूर्ण खेलकुद पर्यटन गन्तव्य विकास गर्ने अवसरका रूपमा लिन सकिन्छ । त्यसैगरी, भारतसँग माइस (बैठक, प्रोत्साहनात्मक भ्रमण, सम्मेलन तथा प्रदर्शनी) पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । भारतीय कम्पनीहरूलाई नेपालमा सभा, सम्मेलन, व्यावसायिक बैठक तथा कार्यक्रम आयोजना गर्न आकर्षित गर्न आवश्यक छ । डेस्टिनेसन वेडिङ अर्थात विवाह समारोहका लागि नेपाल आउने सम्पन्न भारतीय परिवारको सङ्ख्या पनि बढिरहेको छ । यी सम्भावनालाई थप विस्तार गर्न सामान्य प्रयासभन्दा फरक ढङ्गले राजनीतिक तहबाटै नीतिगत निर्णय र सहजीकरण आवश्यक छ । यसका लागि हामीले प्रधानमन्त्री कार्यालयलगायत सम्बन्धित सरकारी निकायमा निजी क्षेत्रका तर्फबाट आफ्ना सुझाव र धारणा राख्दै आएका छौँ । नेपाल र भारतबीच पर्यटन प्रवर्द्धनका लागि यसअघि गठन भएका संयुक्त समितिहरूले पनि विभिन्न अध्ययन तथा सिफारिस गरेका छन् । ती सिफारिसको प्रभावकारी कार्यान्वयन हुन आवश्यक छ । उदाहरणका लागि, भारतका सरकारी कर्मचारीले पाउने लिभ ट्राभल अलाउन्स ९एलटीए० सुविधाअन्तर्गत नेपाल भ्रमण गर्न पाउने व्यवस्था गर्न सकिए ठूलो सङ्ख्यामा भारतीय पर्यटक नेपाल भित्र्याउन सकिन्छ । त्यस्तै, हिन्दु सर्किट र रामायण सर्किटलगायतका धार्मिक पर्यटनसँग सम्बन्धित योजनाहरू यसअघि नै विभिन्न बैठक तथा छलफलमा अघि सारिएका छन् । तर, तिनको कार्यान्वयन पक्ष कमजोर देखिएको छ । अब ती योजनालाई व्यवहारमा उतार्नुपर्छ । मुख्य कुरा हवाई कनेक्टिभिटी हो । अहिले भारतका नागरिकको आर्थिक अवस्था पनि पहिलेको तुलनामा निकै सुधार भएको छ । सम्पन्न भारतीय पर्यटकलाई आकर्षित गर्न रेल र सडक यातायातसँगै हवाई सम्पर्क विस्तारमा विशेष जोड दिनुपर्छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जनकपुर र अयोध्याबीच रेल सेवा सञ्चालनको विषयले पनि विशेष महत्व राख्छ । यो सेवा शुरु हुन सके नेपालको धार्मिक पर्यटनमा नयाँ आयाम थपिनेछ । अयोध्या भ्रमणमा आउने भारतीय पर्यटकलाई जनकपुरसम्म ल्याएर जानकी मन्दिरमा दर्शन गराउने ठूलो सम्भावना छ । यसका लागि हानले विशेष कार्यक्रम तथा प्रवर्द्धनात्मक प्याकेज तयार गरिरहेको छ । हाम्रो लक्ष्य सन् २०२८ को अन्त्यसम्म भारतीय पर्यटकको सङ्ख्या तीन लाखबाट बढाएर छ लाख पुर्‍याउनु हो । यसका लागि निजी क्षेत्र पूर्ण प्रतिविद्धताका साथ काम गर्न तयार छ । तर हवाई कनेक्टिभिटीलगायतका विषयमा सरकार र प्रधानमन्त्री तहबाट आवश्यक राजनीतिक तथा नीतिगत निर्णय हुनुपर्छ । त्यसो गर्न सके नेपाल र भारत दुवै देशले लाभ लिन सक्ने विन–विन अवस्था सिर्जना हुनेछ र आर्थिक विकासमा ठूलो योगदान पुग्नेछ ।’

पर्यटन विकासमा मधेस प्रदेशको सम्भावनालाई पनि भ्रमणसँग जोडेर अघि बढाउनुपर्ने हानको धारणा छ । जानकी मन्दिरलगायतका धार्मिक स्थल, जल पर्यटन र सीमावर्ती पर्यटनको सम्भावना हुँदाहुँदै मधेसमा अपेक्षित पर्यटन विकास हुन नसकेको शाहले बताए । अयोध्या–जनकपुर धार्मिक मार्गलाई व्यवस्थित गर्नसके मधेस प्रदेशसँगै समग्र नेपालको पर्यटनमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

हानले प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउनुपर्ने यी विषयलाई केवल पर्यटन प्रवर्द्धनमा सीमित नराखी आर्थिक कूटनीतिको महत्वपूर्ण एजेण्डाका रूपमा अघि सार्न आग्रह गरेको छ ।

शाहका अनुसार निजी क्षेत्र भारतीय पर्यटकको संख्या तीन लाखबाट ६ लाख पुर्‍याउने लक्ष्यसहित काम गर्न तयार छ ।

त्यसका लागि हवाई कनेक्टिभिटी, नीतिगत सहजता र दुई देशबीचका पुराना सहमति कार्यान्वयनमा सरकारी तहबाट ठोस निर्णय आवश्यक छ । नेपाल आउने भारतीय पर्यटकको संख्या बढाउनु मात्रै नभई उनीहरूको बसाई अवधि लम्ब्याउने र खर्च गर्ने क्षमता तथा अवसर विस्तार गर्ने गरी पर्यटन प्याकेज विकास गर्न सके दुवै देशले आर्थिक लाभ लिन सक्ने शाहको भनाई रहेको छ ।

0 Comments