६ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुशासन र भ्रष्टाचार अन्त्य सरकारको प्रमुख आवश्यकता हो’ : सभामुख अर्याल

अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्नु सरकारको प्रमुख आवश्यकता भएको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, प्रतिबद्धता र जबाफदेहीताका साथ काम गर्नुपर्ने बताएका हुन । 

सभामुख अर्यालले २०८२ भदौ २३ र २४ गतेको विद्रोहले नेपाली राजनीतिमा महत्वपूर्ण परिवर्तनको आधार तयार गरेको उल्लेख गर्दै युवा नेतृत्वको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो जनमतसहित शासन सञ्चालनको जिम्मेवारीमा पुगेको बताए । 

नयाँ राजनीतिक शक्तिका लागि यो ऐतिहासिक अवसरसँगै ठूलो जिम्मेवारी पनि भएको उनको भनाइ छ । उनले राज्यसँग साधन र स्रोत सीमित भए पनि उपलब्ध स्रोतको पारदर्शी र प्रभावकारी परिचालन गर्न सके विकास तथा समृद्धिको यात्रालाई गति दिन सकिने बताए । सभामुख अर्यालले साहित्यकारहरूले समाजका विकृति र विसंगतिमाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास र असल अभ्यासलाई पनि प्रोत्साहन गर्नुपर्ने बताए । व्यवस्थापिकाको नेतृत्वकर्ताका रूपमा जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्ने कानून निर्माण प्रक्रियालाई प्रभावकारी बनाउनु आफ्नो प्रमुख दायित्व रहेको उनले बताए । नीति निर्माता तथा जनप्रतिनिधिहरूले समाजका वास्तविक समस्या र नागरिकका पीडा बुझ्न साहित्यको अध्ययन गर्नुपर्नेमा पनि उनले जोड दिए।

उनले भने, ‘व्यवसाय हुँदै राजनीतिमा प्रवेश गरेको मैले देश र जनताको सेवाका लागि सार्वजनिक जिम्मेवारी सम्हाल्ने अवसर पाएको छु । २०८२ भदौ २३ र २४ गतेको घटनापछि नेपाली राजनीतिमा आएको परिवर्तनले नयाँ राजनीतिक शक्तिलाई ठूलो जिम्मेवारी दिएको छ । जनताको अपेक्षा र विश्वासअनुसार इमानदारी, पारदर्शिता र जबाफदेहीताका साथ काम गर्नु आजको आवश्यकता हो । सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको भावना सम्बोधन गर्ने कानून निर्माण गर्न सबैको सहकार्य आवश्यक छ । साहित्यले समाजका समस्या, विकृति र नागरिकका भावनालाई जीवन्त रूपमा प्रस्तुत गर्ने भएकाले साहित्य र साहित्यकारप्रति मेरो उच्च सम्मान छ । उत्कृष्ट २५ मा पर्न सफल सम्पूर्ण कथाकारहरूलाई हार्दिक बधाई तथा विजेताहरूलाई विशेष शुभकामना व्यक्त गर्दछु । नेपाली साहित्यको विकास र समाजको सकारात्मक रूपान्तरणमा यहाँहरूको सिर्जनशील योगदान निरन्तर रहिरहोस् ।’

उनले प्रतियोगिताका उत्कृष्ट २५ कथाकारसहित प्रथम, द्वितीय र तृतीय हुने स्रष्टाहरूलाई बधाई दिँदै नेपाली कथा साहित्यको विकासमा निरन्तर योगदान पुर्‍याउन शुभकामना व्यक्त गरे।–

0 Comments