७ मंसिर २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल टेलिकममा आपत्कालीन अलर्ट प्रणालीको परीक्षण सफल, अब एनसेलमा पनि विस्तार गर्ने तयारी

विपद्का बेला नागरिकलाई समयमै सतर्क गराउन सेल ब्रोडकास्ट र स्वचालित फोन कलमार्फत सूचना प्रवाह गर्ने दुई प्रणाली सञ्चालनको योजना।

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय आपत्कालीन अवस्था तथा विपद्का समयमा नागरिकलाई तत्काल सूचना उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकम (एनटीसी) मा गरिएको अलर्ट प्रणालीको परीक्षण सफल भएको जनाइएको छ। अब उक्त प्रणाली नेपाल टेलिकम र एनसेल दुवै नेटवर्कमा परीक्षण गर्ने तयारी गरिएको छ।

गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत नेपाल टेलिकममा आपत्कालीन सूचना प्रणालीको परीक्षण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका हुन्।

उनका अनुसार विपद्को सम्भावित जोखिमबारे नागरिकलाई समयमै सचेत गराउन सेल ब्रोडकास्ट र राष्ट्रिय आपत्कालीन अलर्ट नम्बरबाट गरिने स्वचालित फोन कल गरी दुई प्रकारका सूचना प्रणाली उपलब्ध गराउने योजना छ।

सेल ब्रोडकास्ट प्रविधिमार्फत मोबाइल टावरको पहुँच सीमित भएका क्षेत्रमा समेत आपत्कालीन सूचना पुर्‍याउने लक्ष्य राखिएको छ। अर्को व्यवस्थाअन्तर्गत राष्ट्रिय आपत्कालीन अलर्ट नम्बरबाट नागरिकको मोबाइलमा सिधै स्वचालित फोन कल जानेछ।

गृहमन्त्री गुरुङले भोटेकोशी बाढीको अनुभवले विपद्का बेला समयमै सचेतना र तत्काल प्रतिकार्यको आवश्यकता देखाएको उल्लेख गरेका छन्। सोही अनुभवलाई आधार मानेर नागरिकलाई सम्भावित जोखिमबाट जोगाउने सूचना प्रणालीको परीक्षण अघि बढाइएको उनको भनाइ छ।

उनले नेपाल टेलिकममा सम्पन्न परीक्षणलाई आपत्कालीन सुरक्षा प्रणालीको विकासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

अब नेपाल टेलिकमसँगै एनसेलको नेटवर्कमा पनि परीक्षण गर्ने योजना रहेको गुरुङले जानकारी दिएका छन्। दुवै प्रणालीमार्फत राष्ट्रिय आपत्कालीन अवस्था वा अन्य विपद्का समयमा नागरिकलाई सूचना उपलब्ध गराउने लक्ष्य राखिएको छ।

0 Comments