८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हिमाली जैविक विविधताको संरक्षण र व्यापार व्यवस्थापनमा क्षेत्रीय सहकार्य आवश्यक’ : मन्त्री चौधरी

प्राकृतिक स्रोतको मूल्य अभिवृद्धि स्रोत रहेकै क्षेत्रमा गर्नुपर्ने र त्यसबाट प्राप्त आर्थिक लाभको न्यायोचित वितरण सुनिश्चित गर्नुपर्नेमा जोड ।

अ अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हिमाली क्षेत्रका औषधीय तथा सुगन्धित वनस्पति र च्याउको संरक्षण, दिगो उपयोग र व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएकी छन् ।

काठमाडौँमा आयोजित ‘जंगली हिमाली औषधीय तथा सुगन्धित वनस्पति र च्याउसम्बन्धी क्षेत्रीय सहकार्य’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जैविक विविधताको संरक्षण र स्थानीय समुदायको आर्थिक समृद्धिका लागि छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य अपरिहार्य रहेको बताइन् ।

हिमाली प्राकृतिक सम्पदाले नदी प्रणाली, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जनमा योगदान पुर्‍याएको उल्लेख गर्दै उनले औषधीय तथा सुगन्धित वनस्पति र च्याउको दिगो उपयोगबाट हरित तथा न्यायपूर्ण अर्थतन्त्र निर्माण गर्न सकिने धारणा राखिन् ।

मन्त्री चौधरीले भावी पुस्ताका लागि प्राकृतिक सम्पदाको संरक्षण, महिला, युवा, आदिवासी जनजाति तथा स्थानीय समुदायका लागि न्यायोचित आर्थिक अवसर र कानुनसम्मत तथा पारदर्शी क्षेत्रीय अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

प्राकृतिक स्रोतको मूल्य अभिवृद्धि स्थानीयस्तरमै गरी त्यसबाट प्राप्त लाभको न्यायोचित वितरण सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । उनले संरक्षणका प्रयासलाई स्थानीय समुदायको आर्थिक समृद्धिसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिइन् ।

हिमाली जैविक विविधताको संरक्षणलाई वातावरणीय विषयमा मात्र सीमित नराखी जलवायु उत्थानशीलता, क्षेत्रीय ऐक्यबद्धता, समावेशी विकास र आपसी विश्वाससँग जोड्नुपर्ने मन्त्री चौधरीले बताइन् ।

जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारका चुनौती कुनै एक मुलुकको प्रयासबाट मात्र समाधान गर्न नसकिने उल्लेख गर्दै उनले प्रत्येक मुलुकको सार्वभौमसत्ता, घरेलु कानुन र राष्ट्रिय प्राथमिकताको सम्मान गर्दै क्षेत्रीय सहकार्य अघि बढाउनुपर्ने बताइन् ।

0 Comments