८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई हजार ८६५ जनालाई व्यावसायिक तालिम दिन रोजगारदाताबाट पुनः आवेदन माग

कार्यस्थलमा आधारित, राष्ट्रिय अप्रेन्टिसिप तथा जेन जेड आन्दोलनका घाइते र सहिद परिवारका लागि सीपमूलक तालिम सञ्चालन गरिने, सहभागीको सामाजिक सुरक्षाबापतको दायित्व प्रतिष्ठानले व्यहोर्ने ।

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले चालु आर्थिक वर्ष २०८३/८४ मा विभिन्न कार्यक्रमअन्तर्गत दुई हजार ८६५ जनालाई तालिम प्रदान गर्न योग्य रोजगारदाताबाट सूचीकरणका लागि पुनः आवेदन आह्वान गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको प्रतिष्ठानले राष्ट्रिय अप्रेन्टिसिप तालिममा दुई हजार ४६५ जना, जेन जेड घाइते तथा सहिद परिवारका लागि सीपमूलक तालिममा ३०० जना र कार्यस्थलमा आधारित तालिममा १०० जनालाई सहभागी गराउने भएको हो ।

प्रतिष्ठानका अनुसार सूचीकरणका लागि आवेदन दिने रोजगारदाता प्रचलित कानुनअनुसार दर्ता भई कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्नेछ । सम्बन्धित सीप वा पेसामा कम्तीमा पाँच जनालाई रोजगारी दिइरहेको, स्थायी लेखा नम्बर ९प्यान० वा मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता भएको, पछिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको तथा तालिम सञ्चालनका लागि आवश्यक पूर्वाधार भएको हुनुपर्ने सर्त तोकिएको छ ।

रोजगारदाताले आवेदनसँगै संस्था दर्ता, प्यान वा भ्याट दर्ता तथा कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ । संस्थाको संक्षिप्त परिचय, कार्यरत जनशक्तिको विवरण, सञ्चालन गर्न सकिने तालिमका विषय र उपलब्ध पूर्वाधारसम्बन्धी विवरणसमेत आवेदनमा समावेश गर्नुपर्नेछ ।

प्रतिष्ठानले तालिममा सहभागी हुने व्यक्तिको सामाजिक सुरक्षाबापतको दायित्व आफैँले व्यहोर्ने गरी यसअघिको व्यवस्थासमेत संशोधन गरेको छ ।

इच्छुक रोजगारदाताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रतिष्ठानमा आवेदन बुझाउनुपर्नेछ । यसअघि आवेदन पेस गरिसकेका रोजगारदाताले भने पुनः आवेदन दिनु नपर्ने प्रतिष्ठानले जनाएको छ ।

तालिम तथा सूचीकरण प्रक्रियासम्बन्धी थप जानकारी प्रतिष्ठानको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

0 Comments