काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ३८ कर्मचारीको सरुवा तथा काजको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयको मंसिर ८ र ९ गतेको निर्णयअनुसार ३२ नायब सुब्बा, पाँच कम्प्युटर अपरेटर र एक सब इन्जिनियरको जिम्मेवारी हेरफेर गरिएको हो ।
उनीहरूलाई विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह तथा अन्य सरकारी कार्यालयमा सरुवा तथा काजमा खटाइएको छ ।
आजै मन्त्रालयले चार प्रमुख प्रशासकीय अधिकृतसहित सात उपसचिव र पाँच प्रमुख प्रशासकीय अधिकृतसहित २० अधिकृतको समेत सरुवा तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको थियो ।
को कहाँ पुगे ?












