चीन । चीनले भियतनामसँगको सीमा नजिक नयाँ एक्सप्रेसवे सञ्चालनमा ल्याएको छ । नयाँ सडक सञ्चालनमा आएसँगै दुई देशबीचको सीमापार यातायात तथा व्यापारिक ढुवानी थप सहज हुने अपेक्षा गरिएको छ ।
चीनको युनान प्रान्तमा निर्माण गरिएको ५१ दशमलव ४ किलोमिटर लामो एक्सप्रेसवेले तियानबाओ बन्दरगाहलाई मालिपो काउन्टीसँग जोडेको छ । नयाँ एक्सप्रेसवे सञ्चालनमा आएपछि वेन्शान सहरबाट सीमावर्ती बन्दरगाहसम्म पुग्न लाग्ने समय करिब दुई घण्टाबाट घटेर ८० मिनेटमा झरेको छ ।
यसले क्षेत्रीय सडक सञ्जालको विस्तारसँगै सीमापार आवागमन, व्यापारिक ढुवानी र रसद व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।






