१० मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका सम्झौताबारे डा. भीम रावलले मागे सरकारसँग जवाफ

राष्ट्रिय प्राथमिकताका आयोजना, सुरक्षा सहकार्य, सीमा विवाद र असमान सन्धिका विषयमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै नेकपाका नेता डा. भीम रावलले कानुनको समान कार्यान्वयन र विधिको शासन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सम्झौतामाथि प्रश्न उठाउँदै त्यसबारे सरकार र प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा रावलले नेपालका प्राथमिकताप्राप्त आयोजनामा भारतलाई प्राथमिकता दिने गरी सन् १९५० सँग सम्बन्धित प्रावधान पुनः ब्युँताइएको आरोप लगाए ।

तालिम तथा प्रशिक्षणका नाममा भारतका सुरक्षा निकायलाई नेपाल प्रहरीभित्र भूमिका दिने गरी सम्झौता गरिएको उनको दाबी छ ।

रावलले प्रधानमन्त्रीको भ्रमणमा राष्ट्रिय हित, सीमा विवाद तथा असमान सन्धिका विषयले स्थान नपाएको भन्दै सरकारको आलोचना गरे । सत्ता स्वार्थका लागि विदेशी शक्तिसामु झुक्ने विगतको प्रवृत्ति पुनः दोहोरिएको उनको टिप्पणी छ ।

नेपालको देशभक्ति कुनै मुलुकप्रतिको विरोधमा नभई आफ्नै राष्ट्रिय हितमा आधारित हुनुपर्ने उनले बताए ।

दुई पूर्वश्रममन्त्री पक्राउ परेको प्रसंग उल्लेख गर्दै रावलले सोही विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पनि जोडिँदा उनीहरूमाथि किन कानुन आकर्षित भएन भन्ने प्रश्न उठाए ।

कानुनको पालना, विधिसम्मत शासन सञ्चालन र नागरिकका मौलिक अधिकारको सम्मान गर्नु सुशासनका आधार भएको उल्लेख गर्दै उनले यसको सुनिश्चित गर्ने पहिलो दायित्व प्रधानमन्त्री, सरकार तथा गृह मन्त्रालयको रहेको बताए ।

0 Comments