११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै बागमती सरकार, ६ अर्ब जुटाउन मन्त्रालयका बजेट कटौती हुँदै

अ अ+ अ-

काठमाडौँ । भोटेकोशी बाढीले क्षति पुर्‍याएका क्षेत्रको पुनर्निर्माण र प्रभावित नागरिकको पुन:स्थापनालाई प्राथमिकतामा राख्दै बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पुन:प्राथमिकीकरण गर्ने भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भौतिक संरचनाको पुनर्निर्माणमा मात्र सीमित नभई प्रभावित नागरिकको आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक गतिविधि र सामाजिक जीवनलाई सामान्य अवस्थामा फर्काउने गरी ६ अर्ब रुपैयाँ खर्च गरिने बताएका छन् । ल्हेन्दे भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुन:स्थापनाका लागि प्रदेश सरकारले ६ अर्ब रुपैयाँ जुटाउने तयारी गरेको हो ।

त्यसका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा विनियोजित बजेटबाट केही कार्यक्रम कटौती गरिने भएको छ । प्रदेश सुशासन केन्द्र, जावलाखेलमा गत सोमबार बसेको समन्वय बैठकले ६ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्ने निर्णय गरेको थियो । आर्थिक मामिला तथा योजना मन्त्रालयकाअनुसार पुँजीगततर्फ अग्रिम दायित्व सिर्जना नभएका कार्यक्रमबाट बजेट कटौती गरिनेछ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय तथा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको बजेटमा २० प्रतिशत कटौती गर्ने तयारी छ । त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य ६ मन्त्रालयका कार्यक्रमबाट १५ प्रतिशत बजेट कटौती गरिनेछ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता उपसचिव नुमानन्द अधिकारीकाअनुसार कृषि र स्वास्थ्य मन्त्रालयबाहेक अन्य मन्त्रालयले बजेट कटौतीका लागि कार्यक्रम विवरण सिफारिस गरिसकेका छन् । बजेट कटौती गर्दा स्रोत सहमति भइसकेका आयोजना तथा चालु खर्चलाई भने यथावत् राखिनेछ । दायित्व सिर्जना नभएका कार्यक्रमबाट मात्रै बजेट व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको अधिकारीले बताएका छन् ।

बागमती सरकारले चालु आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको थियो । त्यसमध्ये चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

पूर्वाधारसँगै प्रभावितको जीवनस्तर सुधार्ने लक्ष्य
प्रदेश सरकारले जुटाउन लागेको ६ अर्ब रुपैयाँ सडक, पुल तथा भौतिक संरचनाको पुनर्निर्माणमा मात्रै सीमित नहुने जनाएको छ । बाढी प्रभावित नागरिकको आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक गतिविधि र सामाजिक जीवनलाई सामान्य अवस्थामा फर्काउने गरी बजेट परिचालन गर्ने सरकारको योजना छ ।

मुख्यमन्त्री किरण थापा मगरले स्थानीय आवश्यकताका आधारमा पुनर्निर्माण तथा पुन:स्थापनाका कार्यक्रम सञ्चालन गरिने बताए। यसका लागि सरकारले १३ र १४ मंसिरमा रसुवा, नुवाकोट, धादिङ र चितवन पुगेर प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग सुझाव लिने तयारी गरेको छ ।

स्थानीय तह तथा वडाको सिफारिस र सहभागितामा आयोजना छनोट गरिनेछ । पुनर्निर्माणका नाममा एउटै काममा दोहोरो बजेट खर्च हुन नदिन र उपलब्ध स्रोतको अधिकतम उपयोग गर्न सम्बन्धित निकायबीच समन्वय गरिने सरकारको भनाइ छ । तत्काल पुनर्निर्माण तथा पुन:स्थापना गर्नुपर्ने आयोजनाको माग संकलन र सूची तयार गर्ने जिम्मेवारी प्रदेश नीति तथा योजना आयोगको समन्वयमा अघि बढाइने आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयकी प्रवक्ता उपसचिव अनिता तामाङले जानकारी दिए। छनोट भएका आयोजना सम्बन्धित मन्त्रालय तथा निकायमार्फत कार्यान्वयन गरिनेछ ।

दीर्घकालीन जोखिम न्यूनीकरणमा पनि जोड
बाढी प्रभावित क्षेत्रका समस्या तत्काल सम्बोधन गर्नुका साथै भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरणलाई पनि प्रदेश सरकारले योजनामा समेटेको छ । जोखिमयुक्त बस्तीको पहिचान र स्थानान्तरण, जग्गा व्यवस्थापन, प्रभावित नागरिकको जीविकोपार्जन सुनिश्चितता तथा पूर्वाधार र सम्पदाको संरक्षणका विषयमा सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका आधारमा दीर्घकालीन पुनर्निर्माण तथा पुन:स्थापनाका लागि गुरुयोजना तयार गर्ने सरकारको निर्णय छ ।

बजेट कटौतीबाट जुटाइने ६ अर्ब रुपैयाँलाई प्रभावित क्षेत्रको तत्कालीन आवश्यकता र दीर्घकालीन विकाससँग जोड्ने प्रदेश सरकारको तयारी छ । अब स्थानीय तहबाट प्राप्त हुने माग र सिफारिसका आधारमा कुन क्षेत्रमा कति बजेट खर्च गर्ने भन्ने आयोजना तथा कार्यक्रम तय हुनेछन् ।

0 Comments