१३ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस स्वतन्त्रता र श्रम अधिकारको माग गर्दै राजनीतिक दलका कार्यालयमा पत्रकारको धर्ना

अ अ+ अ-

दोस्रो चरणको आन्दोलनअन्तर्गत रास्वपा मुख्यालयबाट धर्ना सुरु गरेको पत्रकार महासंघले छ राजनीतिक दलका कार्यालयमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने ।

काठमाडौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले राजनीतिक दलका कार्यालय केन्द्रित आन्दोलन सुरु गरेको छ ।

महासंघको आह्वानमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय घण्टीघर अगाडि महासंघका पदाधिकारीसहित पत्रकारहरू धर्नामा बसेका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारको व्यवहार अनुदार रहेको आरोप लगाउँदै महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत राजनीतिक दलका कार्यालयमा धर्ना दिन थालेको हो ।

समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरेको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन खोजेको तथा सञ्चारमाध्यमको काममा अवरोध गर्नेहरूमाथि कारबाही नगरेको महासंघको आरोप छ ।

गोरखापत्रसहित सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, पत्रकारको श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापतको रकम भुक्तानी नगरिएको विषयलाई पनि महासंघले आन्दोलनको मुद्दा बनाएको छ ।

घोषित कार्यक्रमअनुसार महासंघले मंसिर १४ गते नेपाली काँग्रेस, १५ गते नेकपा (एमाले), १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा धर्ना दिनेछ ।

0 Comments