काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को १२ औँ तहमा चार जनाको बढुवा भएको छ ।
पर्यटन मन्त्री प्रेम आलेको अध्यक्षतामा बसेको बोर्ड बैठकले ११ औँ तहका प्रेमनाथ ठाकुर, हंसराज पाण्डे, देव चन्दलाल कर्ण र गोविन्द प्रसाद दाहाललाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको क्यानका एक अधिकारीले प्रशासनलाई जानकारी दिए ।