२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केपी ओलीको छाया रहेसम्म एमाले सुध्रिन्न : घनश्याम भुसाल

अ+ अ-

काठमाडौँ। त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले केपी शर्मा ओलीको छाया रहेसम्म एमाले नसुध्रिने बताएका छन् । 

शुक्रबार आफ्नो निर्वाचन क्षेत्र रुपन्देही १ का मतदातासँग कुरा गर्दै भुसालले विचारबिनाको राजनीतिले विकास र समृद्धिको दिशामा समाजलाई डोर्‍याउन नसक्ने बताए ।

ओलीले विकासको भाष्य नै बिगारेर विकासलाई समाजबाट अलग गर्न खोजेको उनको आरोप छ । 

‘ओलीजीले भनेझैँ हामी प्रशान्त महासागरमा नेपालको झन्डा भएको पानी जहाज नै चलाएछौँ भनेपनि त्यो पानी जहाजले रुपन्देहीका जनताका लागि योगदान गर्न सक्दैन भने त्यसको काम छैन, उनले भने, ‘भ्यू टावर, पानी जहाज र रेलको कुरा गरेर जनतालाई गुमराहमा राख्ने र भ्रष्टाचारमा लिप्त हुने परिपाटि नेपाली राजनीतिको सबैभन्दा खराब पक्ष हो, त्यसबारे नागरिक सजग हुनुपर्छ ।’

भुसालले विगत १० वर्षसम्म आफूले पार्टीभित्र वैचारिक बहस गरेको तर ती बहसहरूलाई ओलीले व्यक्तिगत रूपमा लिएर आफूमाथि प्रहार गरेको बताए । 

सो क्रममा नेपाली काँग्रेसबाट गठबन्धनको प्रदेशसभा सदस्य पदको उम्मेदवार अब्दुल रज्जाक र विश्वनाथ यादवले गठबन्धनको जितले मात्रै देश विकास र  समृद्धिको मार्गमा अगाडि बढ्ने बताए ।