प्राग । प्राग विश्वविद्यालयमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । चेकका राष्ट्रपति पेटर पावेलले प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट आफू ‘स्तब्ध’ भएको बताएका छन् ।
बिहीबार पेरिसको दुई दिने भ्रमणमा रहेका पावेलले भने- ‘घटनाबाट स्तब्ध छु…गोलीबारीमा मारिएकाहरूका परिवार र आफन्तहरूप्रति गहिरो दुःख र गहिरो समवेदना प्रकट गर्न चाहन्छु ।’
एक जना बन्दुकधारीले गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् । घटना बारे अनुसन्धान जारी छ ।