काठमाडौँ । स्पेनको सेभिल्लामा भएको संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज मेड्रिड फर्किएका छन् ।
प्रधानमन्त्री ओली आज साँझ रेलमार्गबाट मेड्रिड आइपुगेर स्पेनका लागि नेपाली राजदूतावास र स्पेन उद्योग वाणिज्य संघले आयोजना गरेको नेपाल-स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलमा सहभागी भएका हुन्।
प्रधानमन्त्री ओली यही असार १५ गते मेड्रिड हुँदै सेभिल्ला (सेभिया) को सम्मेलनमा पुगेका थिए । यही असार १४ गते स्पेनका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली यही असार २० गते काठमाडौँ फर्कने कार्यक्रम छ ।







