२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिवमा सिफारिस भएका ४५ कर्मचारीलाई सम्मान

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले लोक सेवा आयोगको प्रतिस्पर्धाबाट उपसचिवमा सिफारिस भएका ४५ जना कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित कर्मचारीहरू ‘माओवादी निकट’ हुन् ।

संगठनले शुक्रबार आयोजना गरेको कार्यक्रममा माओवादी उपाध्यक्ष एवम् पूर्वमन्त्री पम्फा भुसालले उनीहरूलाई मायाको चिनो तथा खादा ओढाएर सम्मान गरिन् ।

सम्मानित हुनेमा प्रशासन, शिक्षा, महालेखापरीक्षक र प्राविधिक सेवा सहित १० वटा सेवा क्षेत्रका रहेका छन् । भुसालले उपसचिव नीतिगत काम गर्ने महत्त्वपूर्ण पद भएको भन्दै जनताको सेवामा केन्द्रित भएर काम गर्न अनुरोध गरेकी थिइन् ।

कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले उपसचिव बनेका कर्मचारीलाई मुख्यसचिवसम्म पुग्नका लागि शुभकामना दिए । कुनै पनि कर्मचारीलाई गलत ठाउँमा हस्ताक्षर गराएर फसाउने अवस्था आउनेतर्फ उनले सचेत गराए ।

सम्मानित कर्मचारीको तर्फबाट संगठनका पूर्व सचिवालय सदस्य केशव भट्टले उपसचिवमा बढुवा भएसँगै ट्रेड युनियन अधिकारबाट बाहिरिए पनि संगठनको तर्फबाट आगामी दिनमा आफूहरूले सहयोग अपेक्षा सुनाए ।