२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङ सिडिओ पौड्‍यालद्वारा प्रहरी कार्यालय निरीक्षण: अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापन र निर्वाचन सुरक्षाका लागि निर्देशन

अ+ अ-

मनाङ । प्रमुख जिल्ला अधिकारी नवराज पौड्‍यालले जिल्ला प्रहरी कार्यालय मनाङ र सशस्त्र प्रहरी बल, नेपाल नं.३२ गुल्म हेड क्वाटर चामेको निरीक्षण गरेका छन्।

निरीक्षणमा नवनिर्मित भवनमा रहेका प्रशासन, अपराध अनुसन्धान, प्रबन्ध, सञ्चार, महिला तथा बालबालिका, अन्वेषण तथा योजना शाखा, नागरिक सहायता कक्ष, हिरासत कक्ष, प्रहरी ब्यारेक र कर्मचारीहरूको अवस्थाबारे अवलोकन गरिएको छ ।

प्रहरी नायव उपरीक्षक हरी प्रसाद पौडेलले जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान, अभिलेख व्यवस्थापन, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्था र निर्वाचन सुरक्षाबारे विस्तृत प्रस्तुति दिएका थिए।

प्रमुख जिल्ला अधिकारी पौड्‍यालले अपराध नियन्त्रण, विपद् व्यवस्थापन, आत्महत्या तथा लागूपदार्थ न्यूनीकरण, आइसीटीको प्रयोग, पर्यटक सुरक्षा र विकास निर्माण सहजीकरणमा विशेष जोड दिन निर्देशनसमेत दिएका छन्। साथै आसन्न मनाङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं.१ को प्रदेश सभा निर्वाचन क्षेत्र नं.२ उपनिर्वाचनको लागि सुरक्षा योजना बनाई प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

निरीक्षणमा शाखागत व्यवस्थापन, भान्सा, बाथरुम, आवास लगायतका संरचना सफा, व्यवस्थित र वातावरण अनुकूल रहेको पाइएको प्रमुख जिल्ला अधिकारी पौड्‍यालले बताएका छन्। प्रहरी कर्मचारीहरू अनुशासित, व्यावसायिक र उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गरिरहेको उनको भनाइ छ।

यसैगरी प्रजिअ पौड्‍यालले सशस्त्र प्रहरी बल, नेपाल नं३२ गुल्म चामेको पनि निरीक्षण गरेका छन्। निरीक्षणमा प्रशासन, तालिम, सञ्चार, आर्थिक प्रशासन, कार्य/सीमा शाखा, ब्यारेक र अन्य संरचनाहरू अवलोकन गरिएको थियो। 

सशस्त्र प्रहरी नायव उपरीक्षक ध्रुव रेग्मीले जिल्लाको समग्र सुरक्षा अवस्था, प्रशासनिक तथा अपरेसनल गतिविधि, विपद् व्यवस्थापन रणनीति, सीमा सुरक्षासम्बन्धी चुनौती, भावी योजना तथा निर्वाचन विशेष सुरक्षा योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए। प्रमुख जिल्ला अधिकारी पौड्‍यालले सशस्त्र प्रहरीको कार्य अनुशासित, व्यावसायिक र व्यवस्थित रहेको मूल्याङ्कन गर्दै आसन्न उपनिर्वाचन सुरक्षामा प्रभावकारी भूमिका रहने विश्वास व्यक्त गरे।

निरीक्षणका क्रममा प्रहरी तथा सशस्त्र प्रहरी दुवै निकायले शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, पर्यटक सुरक्षा तथा निर्वाचन सुरक्षामा सक्रिय, समन्वयकारी र सक्षम भूमिका निर्वाह गरिरहेको निष्कर्ष निकालिएको छ।

प्रमुख जिल्ला अधिकारी पौड्‍यालले दुवै निकायका सम्पूर्ण अधिकृत तथा जवानलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा आपसी समन्वय र सहकार्यमा अझ प्रभावकारी योगदान रहने विश्वास व्यक्त गरेका छन्।