काठमाडौँ । सोमबार नयाँ पुस्ताका युवा (जेन जेड) हरूले काठमाडौँको विभिन्न स्थानमा गरेको प्रदर्शनका क्रममा मृत्यु भएकालाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ ।
त्रिवि शिक्षण अस्पतालले १६ शव पोस्टमार्टमका लागि अस्पताल आइपुगेको बताएको छ ।
अहिलेसम्म आएका शवलाई फिज्रमा राखिएको छ । हिजोको प्रदर्शनका कारण ४ सयभन्दा बढी घाइते र १९ जनाको मृत्यु भएको छ ।







