२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको ओलीको दाबी, छानबिनको माग

अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन जेड आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको दाबी गर्दै घटनाको छानबिन गर्न माग गरेका छन्।

संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले शान्तिपूर्ण भनिएको प्रदर्शनमा घुसपैठ गराई षड्यन्त्रपूर्वक हिंसा मच्चाइएको आरोप लगाए।

ओलीले भनेका छन्, “सरकारले प्रदर्शनकारीलाई ताकी ताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ।”

उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। साथै संविधान र सार्वभौमसत्तामाथि भएको आक्रमणविरुद्ध सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

ओलीले प्रधानमन्त्रीबाट आफ्नो राजीनामापछि सिंहदरबार र नेपालको नक्सा जलाइएको स्मरण गर्दै, देशको निशानी मेटाउन खोजिएको टिप्पणी गरेका छन्। साथै जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, नेता कार्यकर्ताका घर तथा व्यक्तिगत सम्पत्ति लक्षित गरिएका आगजनी घटनालाई गम्भीर षड्यन्त्रको संज्ञा दिएका छन्।

उनले सबै पुस्ताका नेपालीलाई सार्वभौमसत्तामाथि भएको प्रहार सामना गर्न र संविधानको रक्षा गर्न एकजुट हुन आह्वान समेत गर्दै भनेका छन् “सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट मुलुकलाई फेरि उठाउन र जोगाउन सक्छ।”