२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी एच-वान बी भिसा शुल्कले मानवीय संकट निम्त्याउने भारतको चेतावनी

अ+ अ-

काठमाडौँ । भारतले अमेरिकी दक्ष कामदार (एच-वान बी) भिसामा तोकिएको नयाँ एक लाख डलर शुल्कले मानवीय असर पार्ने चेतावनी दिएको छ ।

दक्ष कामदारका लागि दिइने भिसाको शुल्कले गम्भीर मानवीय असरहरू पार्न सक्ने भएकाले भारत सरकारले चेतावनी दिएको हो । भारतीय विदेशमन्त्री एस. जयशंकरको कार्यालयले हिजो निकालेको वक्तव्यमा यो निर्णयले ठुलो मानवीय संकट आउने प्रतिक्रिया दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको शुक्रवार नयाँ शुल्क लागू गर्ने आदेश दिएका थिए । यो निर्णय आजदेखि लागू हुने भनिएको छ । यसअघि यस्तो भिसाको शुल्क एक हजार डलर थियो । पहिलेको तुलनामा अब लिने भनिएको शुल्क ६० गुणा बढी रहेको बीबीसीले जनाएको छ । एच–वानबी भिसालाई अमेरिकी प्रविधि कम्पनीहरूले विदेशबाट दक्ष कर्मचारी भर्ना गर्न उपयोग गर्छन् ।

अमेरिकाले एच–वानबी भिसाको सुरुआत सन् १९९० देखि गरेको हो । अमेरिकी सरकारको तथ्यांक अनुसार पछिल्लो आर्थिक वर्षमा यस भिसा प्रणालीको सबभन्दा धेरै उपयोग अमेजन, टाटा, मेटा, एपल तथा गुगलजस्ता प्रविधि कम्पनीहरूले गरेका थिए । पछिल्लो तथ्यांक अनुसार यो भिसा पाउनेमा ७२ प्रतिशत भारतीय र १२ प्रतिशत चिनियाँ नागरिक छन् ।

यसैबीच, भारतका वाणिज्य मन्त्री पियूष गोयल भोलि अमेरिकी व्यापार प्रतिनिधिहरूसँग वार्ता गर्न अमेरिका जाने खबरमा भनिएको छ । ट्रम्प प्रशासनले भने भिसा प्रणालीको दुरुपयोग भई अमेरिकी कामदारहरूको पारिश्रमिक घटाइएको भन्दै यो कदम चालेको स्पष्ट पारेको छ ।