२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई जिम्मेवारीमा केन्द्रित हुन र मनोबल कमजोर पार्ने क्रियाकलाप नगर्न सामान्य प्रशासन मन्त्री खनालको आह्वान

अ+ अ-

काठमाडौँ । अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनालले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीमा केन्द्रित रहन र मनोबल कमजोर पार्ने गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्।

गत भाद्र २३ र २४ गते युवाहरूको अगुवाइमा भएको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै मन्त्री खनालले कर्मचारीहरूले शीघ्र, पारदर्शी र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुनु पर्ने आवश्यकता औँल्याएका छन्। उनले नागरिकको अपेक्षा अनुसारको सेवा सुनिश्चित गर्नु नै प्रशासन संयन्त्रको व्यावसायिक कर्तव्य भएको स्पष्ट पारे।

उनका अनुसार भ्रष्टाचार नियन्त्रण गर्दै समृद्ध र सुशासनयुक्त नेपाल निर्माणका लागि सरकारको नीतिगत मार्गदर्शनमा एकजुट भएर कर्मचारीले खटिनुपर्नेछ। मन्त्री खनालले सरकारले कानुन बमोजिमका सेवाका सर्तमा असर नपर्ने र कर्मचारीको सेवा, सुविधा तथा वृत्ति विकास सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको जानकारी गराए।

“कार्यभार बढी भएका कार्यालयमा दरबन्दी बढाउने र कम भएका कार्यालयमा घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अघि बढाउने सरकारको नीति छ,” मन्त्री खनालले भने। उनले सुरक्षित कार्य वातावरण निर्माण गरी निर्बाध सेवा प्रवाह सुनिश्चित गर्ने विषयमा समेत सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

यसै क्रममा उनले सम्पूर्ण कर्मचारीलाई जिम्मेवारी निर्वाहमा नै केन्द्रित रहन र कार्यालयको काममा बाधा पुग्ने खालका अन्य गतिविधिबाट टाढा रहन आह्वान गरेका छन् ।