२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न सरकारसँग ओलीको माग

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

काठमाडौँमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईँलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले समेत भनिसेकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । मानव अधिकार आयोगले समेत भनिसक्यो,’ ओलीले भनेका छन् ।

उनले दुर्गा प्रसाईँले दिउँसो सार्वजनिक गरेको भिडियोकै आधारमा रातारात सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाए । प्रसाईँले भएकै कुरा भिडियोमार्फत सार्वजनिक गरेको ओलीको दाबी छ ।

‘दुर्गा प्रसाईँले एउटा भिडियो निकाले । दिउँसो निस्कियो बेलुका समातियो । यो सरकारसँग त्यो भिडियोको जवाफ छ कि छैन रु दुर्गा प्रसाईँलाई दिने जवाफ छ कि छैन । म प्रधानमन्त्री र गृहमन्त्रीलाई सोध्न चाहन्छु । एआई त होइन होला,’ ओलीले भने, ‘प्रश्न उठायो, कसैले अनि । भएकै भिडियो त देखाएको हो नि रु यति साह्रो तपाईँहरूको ताउ/माउर थियो, दुनियाँ शोकमा भएको बेला तपाईँहरू त षडयन्त्रको तानाबाना बुनिरहनुभएको रहेछ भनेको त हो ।’

उनले अभिव्यक्ति दिएकै आधारमा उत्तेजित भएर कसैलाई पनि गिरफ्तार गर्न नपाइने बताए ।

‘बोलेबापत आक्रोशित, उत्तेजित भएर मान्छे गिरफ्तार गर्न हुँदैन । कसलाई को मन पर्छ कसलाई को मन पर्दैन भन्ने हुँदैन । के मा थुन्ने के मा नथुन्ने भन्ने हुँदैन । भएको भिडियो बाहिर ल्याउनु अपराध हो । राति राति स्वेच्छाकारी ढंगले के गरेको ? बिहान गिरफ्तार गरेको भए के हुन्थ्यो । तमासा गरिरहेको छ यो सरकारले,’ उनले भने ।