२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को एघारौँ महाधिवेशनबाट निर्वाचन नयाँ केन्द्रीय कमिटीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दोस्रो वरीयतामा राखिएको छ। 

एमालेको एघारौँ महाधिवेशनपछि शुक्रबार नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ। कार्की ब्यांकेटमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीपछि बादललाई दोस्रो वरीयतामा राखिएको छ।

अध्यक्षको ओलीको दाहिनेतिर पहिलो नम्बरमा बादल बसेका छन्। त्यसपछि क्रमशः विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त छन्। बादलसहित पाँचै जना उपाध्यक्षमा निर्वाचित भएका हुन्। 

दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा बादल पाँचौँ बरीयतामा थिए। दोस्रोमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, तेस्रोमा उपाध्यक्ष युवराज ज्ञवाली र चौथोमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य रहेका थिए। यस पटक वरिष्ठ उपाध्यक्ष पद राखिएको थिए। 

यसअघि पनि पौडेल उपाध्यक्ष नै थिए। उनी यसअघि छैटौँ वरीयतामा रहेका थिए। अहिले तेस्रो वरियतामा पुगेका छन्। 

गुरुङ भने उपमहासचिवबाट उपाध्यक्ष बनेका हुन्। दसौँ महाधिवेशनबाट उपमहासचिव निर्वाचित भएका उनी एघारौँ वरीयतामा थिए। 

त्यस्तै, विष्टले सचिवबाट उपाध्यक्षमा फड्को मारेका हुन्। दशौँ महाधिवेशनबाट सचिवमा निर्वाचित भएका उनी १४औँ वरीयतामा थिए। 

पन्त स्थायी कमिटी सदस्यबाट सिधै उपाध्यक्ष बनेका हुन्। उनी दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए। त्यतिवेला उनी एमाले केन्द्रीय कमिटीमा २३औँ नम्बरमा थिए। 

फेरि महासचिव बनेका शंकर पोखरेल भने सातौँ वरीयतामा रहेका छन्। गत महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा नवौँ वरीयतामा थिए।