२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई गृहमन्त्री अर्यालको निर्देशन-‘सेवा प्रवाह र सुशासनमा ध्यान दिनु’ 

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै प्रशासनिक सुशासनमा विशेष ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक सूचना प्रणाली तथा टोकन प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्।

उनले सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले सुशासन कायम गर्न नसकेकै कारण निर्वाचित जनप्रतिनिधिको म्याण्डेट भंग भएको उल्लेख गर्दै कर्मचारीहरूले पनि जेनजी पुस्तालाई चुनौतीको रूपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताए।

गृहमन्त्री अर्यालले भने, ‘यदि सुशासन दिन सकिएन भने निर्वाचितहरूको म्याण्डेट पनि बिचैमा भंग हुन्छ। जुन कुराको अहिले जेनजी पुस्ताका साथीहरूले पुष्टि गरिसक्नुभएको छ। कसैले म त जागिरमा छु काम गर्न पाइहाल्छु नि भनेर सोच्छ भने यदि जेनजी पुस्ता असन्तुष्ट हुनुभयो भने बिचैमा म्याण्डेट भंग पनि हुनसक्छ। त्यसकारण यसलाई हामी एउटा चुनौतीको रूपमा सम्झिनुपर्छ। यदि हामीले सेवा प्रवाह प्रभावकारी हिसाबले गर्न सकेनौँ र सुशासन कायम गर्न सकेनौँ भने हामीले जेनजी युवाहरूको चुनौती सामना गरिरहनुपर्छ।’

सेवा प्रवाह प्रभावकारी बनाउँदै मुलुकमा सुशासन कायम गर्न नसके सरकार निरन्तर युवापुस्ताको दबाब र चुनौती सामना गर्न बाध्य हुने उनको भनाइ छ।