२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्वकीय सचिवको सुविधा खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय जिल्ला समन्वय समितिमा लागू हुँदैन’ : सामान्य प्रशासन मन्त्रालय

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च तथा राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय जिल्ला समन्वय समितिमा लागू नहुने स्पष्ट गरेको छ।

मन्त्रालयले सबै जिल्ला समन्वय समितिको कार्यालयलाई परिपत्र जारी गर्दै नेपाल सरकारको २०८२ असोज १० गतेको निर्णय जिल्ला समन्वय समितिको हकमा कार्यान्वयन नहुने जानकारी गराएको हो। यसअघि उक्त निर्णयलाई आधार मानेर केही जिल्ला समन्वय समितिमा स्वकीय सचिवको सुविधा खारेज गर्नुपर्ने भन्दै अन्योल सिर्जना भएको थियो।

परिपत्रमा जिल्ला समन्वय समितिको कार्यालयको स्वीकृत दरबन्दीभित्र रही समन्वय समिति प्रमुखको निजी सचिवालयमा कार्यरत राजपत्र अनङ्कित प्रथम श्रेणी वा सोसरह पदका कर्मचारीलाई नियमअनुसार निरन्तरता दिनुपर्ने उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार जिल्ला समन्वय समितिको कार्यालयको स्वीकृत दरबन्दीमा रहेको समन्वय समिति प्रमुखको निजी सचिवालयमा रहने राजपत्र अनङ्कित प्रथम श्रेणीको नायब सुब्बा वा सोसरह पदमा करार सेवामा पदपूर्ति गरिएको कर्मचारीलाई समन्वय समिति प्रमुख बहाल रहेसम्म नियमानुसार निरन्तरता दिन अर्थ मन्त्रालयको च.नं. ११८ मिति २०८२।०६।०७ को परिपत्रमार्फत प्रेषित नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२।०६।०५ को निर्णयले कुनै बाधा नपुर्‍याउने स्पष्ट गरिएको छ।

संघीय मन्त्रालयको यस परिपत्रसँगै जिल्ला समन्वय समितिमा स्वकीय सचिवको सुविधा हट्ने विषयमा देखिएको विवाद र अन्योल अन्त्य भएको छ।

स्मरणीय छ, असोजको पहिलो साता सरकारले सांसद तथा राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख तथा नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरूबाहेक अन्य पदाधिकारीले स्वकीय सचिव राख्न नपाउने व्यवस्था गरिएको थियो।

नयाँ प्रावधानअनुसार नेपाल सरकार र प्रदेश सरकारका मन्त्री तथा प्रदेश प्रमुखले आफ्नो स्वकीय सचिवालयमा बढीमा तीन जनासम्म मात्र नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।