२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश प्रमुखसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

नेपालको संविधान २०७२ को धारा २९४ को उपधारा (३) बमोजिम आयोगका कार्यवाहक अध्यक्ष माननीय जुद्ध बहादुर गुरुङले प्रदेश प्रमुख मियाँलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

नेपालको संविधान, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ तथा अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारको अधीनमा रही आयोगले वित्तीय संघीयता अन्तर्गत सरकारहरूबीच राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, आन्तरिक ऋणको सीमा, खर्च जिम्मेवारी पूरा गर्ने व्यवस्था तथा राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायहरूका सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई सिफारिस गर्दै आएको छ।

आर्थिक वर्ष २०८१/८२ को अवधिमा आयोगले सुदूरपश्चिम प्रदेश तथा प्रदेशभित्रका स्थानीय सरकारसँग सम्बन्धित विषयमा सम्पादन गरेका काम-कारबाहीहरू उक्त वार्षिक प्रतिवेदनमा समेटिएको कार्यवाहक अध्यक्ष गुरुङले जानकारी दिए। उनले संक्षिप्त विवरणसहित प्रतिवेदन पेस गर्दै आयोगका गतिविधि र सिफारिसबारे प्रदेश प्रमुखलाई अवगत गराएका थिए ।

तिनै तहका सरकारलाई प्राकृतिक स्रोत तथा वित्तीय सशक्तीकरणमा आयोगले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रदेश प्रमुख मियाँले वार्षिक प्रतिवेदन पेस गरिएकोमा धन्यवाद दिएका थिए ।