२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधि तथा कर्मचारीलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

अ+ अ-

कञ्चनपुर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा जिल्लामा निर्वाचन आचारसंहिता विपरीत सरकारी सवारीसाधन दुरुपयोगको गुनासो आएपछि सम्बन्धित निकायले कडाइ गरेको छ ।

निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा सरकारी सवारीसाधन राजनीतिक गतिविधिमा प्रयोग गरिएको गुनासो प्राप्त भएपछि अनुगमनलाई तीव्र बनाइएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मोहनचन्द्र जोशीले जानकारी दिएका छन् ।

जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गर्ने चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सरकारी सवारीसाधन कार्यालयको नियमित कामकाज बाहेक राजनीतिक कार्यक्रम, जुलुस, सभा, प्रदर्शन तथा अन्य सार्वजनिक गतिविधिमा प्रयोग नगर्न उनले आग्रह गरे ।

“सरकारी सवारी साधनको प्रयोग पूर्ण रूपमा आचारसंहिता अनुरूप हुनुपर्छ,” उनले भने, “आचारसंहिताको पालना नगरेमा नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने छ ।” आचारसंहिता उल्लङ्घनका गतिविधिमाथि निरन्तर निगरानी भइरहेको उनको भनाइ रहेको छ ।