काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अर्थका सहसचिव अमृत लम्साल नियुक्त भएका छन्।
कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार पौडेलमाथि भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि लम्साललाई अध्यक्षको जिम्मेवारी दिइएको हो। उनलाई बिहीबार नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव एवं नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले पद तथा गोपनीयताको शपथ गराएको प्राधिकरणकी सहायक प्रवक्ता पूनम ज्ञवाली श्रेष्ठले जानकारी दिइन् ।
भन्सार विभागका उपमहानिर्देशकसमेत रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो।







