काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा आलटाल गरेको भन्दै सर्वोच्च अदालतमाथि नै असन्तुष्टि जनाएको छ ।
मंगलबार नियमित पत्रकार सम्मेलनमा एमालेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाहीले सर्वोच्च अदालतको आलटालले प्रतिनिधिसभा विघटन संवैधानिक परीक्षणमा नलैजानु संवैधानिक सर्वोच्चताको स्थापित गर्ने कुराबाट गम्भीर ढंगले विचलित भएको बताए ।
उनले एमाले प्रतिनिधिसभा विघटनको विषयको संवैधानिक परीक्षण हुनुपर्छ भन्ने अडानमा रहेको बताएका हुन् ।
एमालेले सरकारको उक्त कदम असंवैधानिक भएको भन्दै संसद् पुनर्स्थापनाको मागसहित रिट दायर थियो । सर्वोच्चले उक्त रिटमाथिको सुनुवाइ समयमै नगरेको भन्दै एमालेले सर्वोच्च अदालतमाथि विभिन्न टिकाटिप्पणी गर्दै आइरहेको छ ।







