काठमाडौँ । महान्यायाधिवक्ता विरुद्ध छानबिन सुरु गर्न र राहदानी रोक्का राख्न माग गर्दै गृह मन्त्रालयमा औपचारिक निवेदन दर्ता भएको छ।
सबिता भण्डारीसँग सम्बन्धित गतिविधिबारे प्रश्न उठाउँदै युवा अभियन्ता किरण बिक ले आइतबार गृह मन्त्रालय मा निवेदन पेश गरेका हुन्।
उक्त निवेदनमा ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक क्लिनिक’सँग सम्बन्धित गतिविधिमा महान्यायाधिवक्ताको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरिएको छ। साथै अनुसन्धान प्रक्रियामा असर पर्न सक्ने वा प्रमाण नष्ट हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै राहदानी रोक्का वा यात्रा प्रतिबन्ध लगाउने व्यवस्था गर्न आग्रह गरिएको उल्लेख छ।
मन्त्रालयमा दर्ता भएको निवेदनमा सम्बन्धित विषयमा निगरानी सुदृढ गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
यस सम्बन्धमा मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले ले यो विषय अध्यागमन प्रशासनसँग सम्बन्धित भएकाले अध्यागमन विभाग को क्षेत्राधिकारभित्र पर्ने बताएका छन्।








