१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध यथावत् रहेको एमालेको स्पष्टोक्ति

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले नेपाली सेना, निजामती प्रशासन तथा अन्तर्राष्ट्रिय समुदायसँग पार्टीको सम्बन्ध पूर्ववत् रूपमा कायम रहेको र मित्रवत् ढंगले अघि बढिरहेको जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न सचिवालय बैठकले प्रतिनिधि सभामा संसदीय दलका नेताले व्यक्त गरेको अभिव्यक्तिबारे विस्तृत छलफल गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो।

बैठकपछि जानकारी दिँदै उपमहासचिव लेखराज भट्टले उक्त विषयमा गम्भीर समीक्षा गरिएको र त्यस सन्दर्भमा पार्टीको आधिकारिक धारणा स्पष्ट पारिएको बताए।

हालै प्रतिनिधि सभामा गरिएको सम्बोधनका क्रममा उठाइएका केही अभिव्यक्तिहरूलाई लिएर पार्टीभित्रै विभिन्न प्रतिक्रिया आएका थिए। सो विषयमा बैठकले समग्र रूपमा समीक्षा गरेको जनाइएको छ।

बैठकले संविधान र प्रचलित कानुनअनुसार सञ्चालित सुरक्षा निकाय, प्रशासनिक संयन्त्र तथा अन्तर्राष्ट्रिय समुदायसँग पार्टीको सम्बन्ध सकारात्मक रहेको पुनः दोहोर्‍याउँदै भविष्यमा त्यसलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।