काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि जारी छ ।
आज पनि न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी छ ।
यसअघि आइतबार रिटमाथि बहस नसकिएपछि सोही इजलासमा हेर्दाहेर्दैमा राखिएको थियो। आइतबार ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको र आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन्। दुवै तर्फको बहस सकिए आजै हिरासत मुक्त गर्ने कि हिरासतमै राख्ने आदेश आउने सम्भावना छ।
गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनको घटना छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीविरुद्ध अनुसन्धानका गर्न सिफारिस गरिएको थियो ।
उनीहरू दुवै जना गत चैत १४ बिहान गते पक्राउ परेका थिए । ओलीको तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोधा थापाले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।







