काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित विभिन्न स्थानमा छापा मार्दै अनुसन्धानलाई तीव्र बनाएको छ।
मंगलबार विभागको टोलीले भट्ट र अग्रवालका निजी निवासका साथै हिमालयन रि–इन्स्योरेन्स कम्पनीको कार्यालयमा एकैसाथ छापा हानेको विभाग प्रशासन स्रोतले जनाएको छ। सो क्रममा अनुसन्धानसँग सम्बन्धित महत्त्वपूर्ण कागजात तथा विवरणहरू संकलन गरिएको विभाग स्रोतको भनाइ छ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा यसअघि पक्राउ परेका भट्ट र अग्रवाल हाल हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
दीपक भट्ट निजी क्षेत्रको रिइन्स्योरेन्स कम्पनी हिमालयन रिइन्स्योरेन्सका प्रमुख सेयर धनीमध्ये एक मानिन्छन्।
पछिल्लो समय बिचौलिया दिपक भट्ट र सुलभ अग्रवालले कर्मचारीसँगको सेटिङमा अनेकन तिकडम मच्चाउँदै आएका थिए ।







